बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

वैदेशिक रोजगारमा रहेका नेपालीका लागि बीपीडब्लू लघुवित्तको आईपीओ खुला, कति दिने आवेदन?

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, माघ २२ २०७९
वैदेशिक रोजगारमा रहेका नेपालीका लागि बीपीडब्लू लघुवित्तको आईपीओ खुला, कति दिने आवेदन?

काठमाडौं- बीपीडब्लू लघुवित्त वित्तिय संस्था लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण सेयर निष्काशन गरेको छ।

कम्पनीले आज आइतबारदेखि नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरिरहेका नेपालीका लागि साधारण सेयर बिक्री खुला गरेको हो। 

कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अङ्कित दरमा नौ हजार सात सय कित्ता साधारण सेयर प्राथमिक सार्वजनिक निष्कासन(आईपीओ) बिक्री खुला गरेको सार्वजनिक आह्वानपत्रमा उल्लेख छ। निष्काशित सेयरमा वैदेशिक रोजगारीमा रहेका नेपालीले आगामी फागुन ८ गतेसम्म अधिकतम एक हजार कित्तासम्म सेयर खरिदका लागि आवेदन दिन सक्नेछन्। 

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट ‘सि आस्वा’ प्रणालीअनुसार तथा अनलाइनमार्फत ‘मेरो सेयर’ प्रयोग गरेर सेयर खदिरको आवेदन दिन सकिन्छ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रवर्द्धक मेगा क्यापिटल मार्केटस् लिमिटेड रहेको छ भने कम्पनीलाई इक्रा नेपालले ‘इक्राएन्पी आईआर बिबी माइनस्’ प्रमाणपत्र प्रदान गरेको छ। 


प्रकाशित : आइतबार, माघ २२ २०७९०७:३२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend