बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

समता लघुवित्तकाे लाभांश ७ प्रतिशतले घट्याे

आइतबार, माघ २२ २०७९
समता लघुवित्तकाे लाभांश ७ प्रतिशतले घट्याे

काठमाडौं- समता घरेलु लघुवित्तले १८ प्रतिशत लाभांश दिने भएको छ। गत वर्ष लघुवित्तले २५ प्रतिशत लाभांश दिएको थियो। यस वर्ष भने ७ प्रतिशतले घटेको छ। 

सञ्चालक समितिले १५ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको हो। बाँकी कर प्रयोजनका लागि नगद दिँदै छ। लाभांश कायम चुक्ता पुँजीमा प्रस्ताव गरिएको हो।

हाल लघुवित्तको चुक्ता पुँजी ३४ करोड २७ लाख रुपैयाँ छ। बोनस सेयर वितरणपछि चुक्ता पुँजी ५ करोड १४ लाख रुपैयाँले बढ्नेछ।


प्रकाशित : आइतबार, माघ २२ २०७९०६:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend