बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

नेपाल लाइफ इन्स्योरेन्सको नाफा र प्रतिसेयर आम्दानी दुवै बढ्यो, अन्य सूचक कस्तो?

आइतबार, माघ २२ २०७९
नेपाल लाइफ इन्स्योरेन्सको नाफा र प्रतिसेयर आम्दानी दुवै बढ्यो, अन्य सूचक कस्तो?

त्यसैगरी सो अवधिसम्ममा इन्स्योरेन्सले १८ अर्ब ४० करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.६० प्रतिशत बढी हो।

काठमाडौं- नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार नाफा र प्रतिसेयर आम्दानी दुवै गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा इन्स्योरेन्सले ४४ करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २३७.२९ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले १३ करोड ४ लाख रुपैयाँ नाफा कमाएको थियो।

त्यसैगरी सो अवधिसम्ममा इन्स्योरेन्सले १८ अर्ब ४० करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.६० प्रतिशत बढी हो।

नाफासँगै इन्स्योरेन्सको प्रतिसेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी ७ रुपैयाँ १० पैसा बढेर १० रुपैयाँ ७३ पैसा पुगेको छ। सो अवधिसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ६८.४४ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ ११६ रुपैयाँ १ पैसा रहेको छ।

समीक्षा अवधिमा इन्स्योरेन्सको चुक्ता पुँजी १४ प्रतिशत बढेको छ भने जगेडा कोष ७२.५९ प्रतिशत घटेको छ। त्यस्तै इन्स्योरेन्सको जीवन बीमा कोष २०.८४ प्रतिशत र महाविपत्ती कोष १५.८२ प्रतिशत बढेको छ।


प्रकाशित : आइतबार, माघ २२ २०७९०४:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend