आइतबार, असार ८ गते २०८२    
आइतबार, असार ८ २०८२
images
images

राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेरको निधन

images
आइतबार, माघ २२ २०७९
images
images
राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेरको निधन
images
images

काठमाडाै‌ं- नेपाल राष्ट्रबैंकका प्रथम गभर्नर हिमालय शमशेर जंगबहादुर राणाको निधन भएको छ। आइतवार विहान साढे ६ बजे नर्भिक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको उनका ज्वाइँ तथा पूर्वमन्त्री सुनिलबहादुर थापाले बिजनेस न्युजलाई जानकारी दिए। 

images
images
images

९५ वर्षीय राणाको निमोनियाका कारण निधन भएको हो। 'उहाँलाई पार्किन्सन्सको समस्या थियो। युरिया उच्च देखिएका कारण अस्पताल भर्ना गरेको थियो। त्यही बीचमा खाना सर्किएर फोक्सोमा गएछ। सोही कारणले निमोनिया भएर उहाँ स्वर्गे भइबक्स्यो,' थापाले भने। 

images
images

२०१३ सालमा नेपाल राष्ट्रबैंक स्थापना भएपछि उनी पहिलो गभर्नर नियुक्त भएका थिए । २०१७ मा राजा महेन्द्रले पञ्चायत शासन शुरु गरेपछि उनलाई पदमुक्त गरिएको थियो।

images
images
images


प्रकाशित : आइतबार, माघ २२ २०७९०२:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend