शुक्रबार, मंसिर १४ गते २०८१    
images
images

कतारमा रहेका एक नेपालीलाई पर्‍यो ८२ करोड ११ लाख रुपैयाँको चिठ्ठा  

images
शनिबार, माघ २१ २०७९
images
images
कतारमा रहेका एक नेपालीलाई पर्‍यो ८२ करोड ११ लाख रुपैयाँको चिठ्ठा  

उनी कतार गएको सात वर्ष भइसकेको छ। पछिल्लो समय भने उनी पुरानो काम छोडेर अर्को एउटा कम्पनीमा काम गर्दै आएका छन्। 

images
images

काठमाडौं- कतारमा रहेका एक नेपालीले हालसम्मकै सबैभन्दा ठूलो धनराशीको चिठ्ठा पारेका छन्। फ्रेबुअरी ३ मा खोलिएको लक्की राफल ड्रमा कतारमा कार्यरत रन्जितकुमार पालले यूएईमा भएको एक लक्की ड्रमार्फत २३ मिलियन दिराम्स (८२ करोड ११ लाख रुपैयाँ) प्राप्त गरेका हुन्।  

images
images
images

कतारमा पहिले हिमाल रेमिटको प्रतिनिधिको रुपमा काम गर्दै आएको पालले उक्त धनराशि जितेका हुन्। उनी कतार गएको सात वर्ष भइसकेको छ। पछिल्लो समय भने उनी पुरानो काम छोडेर अर्को एउटा कम्पनीमा काम गर्दै आएका छन्। 

images

'हिजो पुरस्कार पाएको अन्लाइन बाट हेरेर थाहा पाए। पछी विग टिकटको कार्यालय बाट फोन आयो, पालले भनेका छन्, 'म भुइँबाट आएको मान्छे हो। हामी २० जना मिलेर विग टिकट नीयमित काट्ने गरेका थियौं। त्यसमा ४ जना नेपाली छौं। अरु बाँकी अरु देशका साथीहरु छन्। उपहार जितेको बारे सुनेर खुसी लागेको छ। टिकट काटेका सबै साथीहरुलाई सुनाएसकेँ। सबैलाई थाहा छ। सबै जना खुसी छौं।' 

images
lottery.jpeg

आफ्नो टिकट नम्बरले चिठ्ठा पाएसँगै उनले सबै कागजपत्र बुझाएका छन्। 'राम्रोसँग वैधानिक बाटोबाट नेपाल पठाउछु। जीवन शैली यस्तै हो। जहाँबाट आएको हो त्यो भुल्ने कुरा भएन, उनले भने 'पैसा वैधानिक बाटोबाट नै पठाउछु। घरमा सबैलाई थाहा छ। परिवारमा बुवा-आमा सबै हुनुहुन्छ सबै खुसी छन्।' 

यत्ती धेरै पैसा पाए भनेर जागिर छोडेर नेपाल जाने योजनासमेत आफूले नबनाएको पालले बताएका छन्। 'म काम गर्छु। मेहनत गर्छु बाँकी दिनमा पनि,' 'पाएको पैसा राम्रै काममा उपयोग गर्ने योजना छ।'


प्रकाशित : शनिबार, माघ २१ २०७९११:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend