आइतबार, असार ८ गते २०८२    
आइतबार, असार ८ २०८२
images
images

नुवाकोटको विकास बजेट खर्च निराशाजनक

images
शनिबार, माघ २१ २०७९
images
images
नुवाकोटको विकास बजेट खर्च निराशाजनक

चालु आर्थिक वर्षको आधा समय पूरा हुँदा संघ र प्रदेश अन्तर्गतका कार्यालयले खर्च सामथ्र्यको लक्ष्य निर्धारण ४० प्रतिशतभन्दा बढी राखेका थिए।

images
images

त्रिशुली- चालु आर्थिक वर्षको छ महिनाको अवधिमा नुवाकोटमा विकास (पुँजीगत) बजेटको खर्च निराशाजनक छ। प्रादेशिक १३, संघीय ३० र १२ स्थानीय तहको खर्च प्रगति लक्ष्यभन्दा कम पाइएको छ। 

images
images
images

सरकारी कार्यालयको खर्च तथ्यांक राख्ने कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख भीमप्रकाश देवकोटका अनुसार संघीय कार्यालयको खर्च करिब २६ प्रतिशत पुगे पनि प्रादेशिक कार्यालयको खर्च १३ प्रतिशत मात्रै रहेको छ।

images
images

चालु आर्थिक वर्षको आधा समय पूरा हुँदा संघ र प्रदेश अन्तर्गतका कार्यालयले खर्च सामथ्र्यको लक्ष्य निर्धारण ४० प्रतिशतभन्दा बढी राखेका थिए। बागमती प्रदेशअन्तर्गत जिल्लाका १३ कार्यालयमार्फत पुँजीगततर्फ दुई अर्ब ८७ करोड रुपैयाँप्राप्त भएको थियो। ती कार्यालयले पुस मसान्तसम्म १३ प्रतिशत अर्थात ३७ करोड ८० लाख रुपैयाँमात्र खर्च गरेका छन्।

images
images
images

संघ मातहतका ३० कार्यालयको चालु आवमा पुँजीगत बजेट तीन अर्ब १७ करोड रुपैयाँ प्राप्त भएकामा पुस मसान्तसम्म २५.५५ प्रतिशत अर्थात ८१ करोड १५ लाख रुपैयाँखर्च भएको प्रमुख देवकोटाले जानकारी दिए। जिल्लाका स्थानीय तहले बजेट विवरण सुत्रमा उल्लेख गरे पनि हिउँदे सभामार्फत विभाजन गर्ने र योजनागत रुपमा छुट्ट्याउन अधिकांशको अझै बाँकी छ। सोही कारण खर्च प्रतिशत नदेखिए पनि भुक्तानीका लागि आएको सिफारिसको आधारमा खर्च सामथ्र्य १० प्रतिशत भन्दाकम देखिएको छ। 

'स्थानीय तह केहीले मात्र पुस मसान्तसम्म योजनाको सम्झौता र ठेक्का लगाएका छन् भने धेरैको प्रक्रियामा जान बाँकी भएकाले स्थानीय सरकारको खर्च सामथ्र्य संघ र प्रदेशको तुलनामा झन् निराशाजनक छ,' उनले भने 'आर्थिक वर्षको आधा समयसम्म भएका कमिकमजोरीलाई नसच्याउने हो भने काम गर्ने इच्छाशक्तिको अभाव र सुशासनप्रतिको इमान्दारितामा प्रश्न उठ्छ।'

पुँजीगत बजेट खर्च सन्तोषजनक नहुनुमा नयाँ आर्थिक वर्ष सुरु भएदेखि साउन र भदौमा निरन्तर वर्षा, त्यसलगत्तै चाडपर्व र निर्वाचनको गतिविधिलगायत कारण देखाइएको छ। स्थानीय तहतर्फ भने चालु आर्थिक वर्षदेखि आएका नयाँ नेतृत्वसँग अनुभवको कमी, अघिल्लो वर्षको ऋण, काम सिक्दै गर्दाको समय, रावस्व संकलनमा परेको प्रभावको कारण लक्ष्य अनुसारको पुँजीगत खर्च नभएकाले क्रमशः सुधार हुने अपेक्षा गरिएको छ। 

पुँजीगत खर्च निराश देखिए पनि कार्यालय प्रयोजनको लागि आउने चालु खर्च भने आवको आधा अवधिमा प्रदेश मातहतका कार्यालयको ३४ प्रतिशत र संघअन्तर्गतका कार्यालयको ४७ प्रतिशत भइसकेको छ। रासस


प्रकाशित : शनिबार, माघ २१ २०७९१०:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend