बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

एचआईडीसीएलको सेयर सस्तोमा किन्ने अवसर, सवा २ करोड कित्ता सेयर लिलामीमा

शुक्रबार, माघ २० २०७९
एचआईडीसीएलको सेयर सस्तोमा किन्ने अवसर, सवा २ करोड कित्ता सेयर लिलामीमा

काठमाडौं- हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले यसअघि वितरण नभएको संस्थापकतर्फको सेयर आइतबारदेखि पुनः बिक्री गर्ने भएको छ। कम्पनीले संस्थापकतर्फको २ करोड २१ लाख ९७ हजार ३२५ कित्ता हकप्रद सेयर फागुन ८ गतेसम्मका लागि लिलामीमा ल्याउन लागेको हो।

कम्पनीले शतप्रतिशत हकप्रद सेयर विक्री गर्दा वितरण हुन नसकेको ३ करोड ३० लाख कित्ता सेयर विभिन्न चरणमा लिलामी प्रक्रियामार्फत बिक्री गर्दै आएको छ। यसअघि विभिन्न चरणमा बिक्री खुला गर्दा वितरण हुन नसकेको उल्लिखित सेयर पुनः बिक्री गर्न लागिएको हो। 

धितोपत्र दोस्रो बजारमा कम्पनीको लिलामी प्रक्रियाबाट विक्री भएको संस्थापकतर्फको सेयर अन्य संस्थापक उपसमूहमा रहने कम्पनीको भनाइ छ। कम्पनीको संस्थापकतर्फको सेयर सर्वसाधारण सेयरकै मूल्यमा खरीदविक्री गर्न मिल्ने कम्पनीले जानकारी दिएको छ।

प्रतिकित्ता न्यूनतम मूल्य १०० तोकिएको उल्लिखित सेयर खरीदका लागि न्यूनतम १०० कित्ता वा सोभन्दा बढी अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ। हाल दोस्रो बजारमा १९५ रुपैयाँमा कारोबार भइरहेको छ।


प्रकाशित : शुक्रबार, माघ २० २०७९१०:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend