बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

३४ लघुवित्तले गरे लाभांश घोषणा : सबैभन्दा धेरै जाल्पाको, अन्यको कति?

शुक्रबार, माघ २० २०७९
३४ लघुवित्तले गरे लाभांश घोषणा : सबैभन्दा धेरै जाल्पाको, अन्यको कति?

काठमाडौं- आर्थिक वर्षको नाफाबाट लघुवित्त कम्पनीहरूले धमाधम लाभांश घोषणा गरिरहेका छन्। दोस्रो बजारमा हालसम्म कुल ५८ लघुवित्त कम्पनी सूचीकृत रहेकोमा ३४ कम्पनीले लाभांश घोषणा गरिसकेका छन्।

जसमा सबैभन्दा धेरै जाल्पा सामुदायिकले ७३ प्रतिशत सेयर बोनस र ३.८ प्रतिशत नगदसहित कुल ७६.८ प्रतिशत लाभांश घोषणा गरेको छ। सबैभन्दा थोरै गुँरास लघुवित्तको ४.२१ प्रतिशत मात्रै लाभांश घोषणा गरेको छ।

अधिकांश लघुवित्त कम्पनीहरूले लाभांशमा सेयर बोनसलाई प्राथमिकता दिएका छन्।

त्यस्तै उपकार लघुवित्तले ६१.७५ प्रतिशत बोनस र ३.२५ प्रतिशत नगद गरी कुल ६५ प्रतिशत लाभांश घोषणा गरेको छ। महिला लघुवित्तले ४७.५ प्रतिशत बोनस र २.५ प्रतिशत नगद गरी ५० प्रतिशत लाभांश घोषणा गरेको छ। 

कुनकाे कति?

lagubitta 1.png

lagubitta 2.png


प्रकाशित : शुक्रबार, माघ २० २०७९०१:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend