बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

वर्षौंपछि स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयरमा किन बढ्यो आकर्षण? यस्तो छ वित्तीय सूचक

बिहीबार , माघ १९ २०७९
वर्षौंपछि स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयरमा किन बढ्यो आकर्षण? यस्तो छ वित्तीय सूचक

काठमाडौं- स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयरमा लामो समयपछि लगानीकर्तामा आकर्षण देखिएको छ। वित्तीय सूचकमा सुधार गरेको बैंकको अहिलेको लाभांश र आगामी वर्ष दिनसक्ने लाभांशका कारण पनि बैंकको सेयरमा आकर्षण देखिएको छ। 

बैंकले सेयरधनीलाई १६ प्रतिशत नगद लाभांश दिएको छ। कुनै समय ७ हजार रुपैयाँसम्म पुगेको बैंकको सेयर मूल्य अघिल्लो बुलमा बढ्न सकेन।

पछिल्लो एकवर्षमा घटेर ३७५ रुपैयाँसम्म आएको सेयर मूल्य अहिले पुनः बढेर ५१२ रुपैयाँ पुगेको छ। यता बिहीबार सबैभन्दा बढी कारोबार हुने सूचीमा बैंक परेको छ। बैंकको १० करोड रुपैयाँको कारोबार हुँदा १ लाख ९४ हजार कित्ता सेयर किनबेच भएको छ। 

यस्तो छ वित्तीय सूचक

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको विवरण अनुसार गत आर्थिक वर्षको तुलनामा बैंकको नाफा र ईपीएस दुबै बढेको थियो भने वितरणयोग्य मुनाफा १ अर्ब नाघेको छ।

बैंकले १ अर्ब ७५ करोड ३६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६१.३६ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ८ करोड ६७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। सो अवधिसम्ममा बैंकको वितरणयोग्य नाफा १ अर्ब ५ लाख रुपैयाँ रहेको छ।

खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ७२.३० प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी ५२ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको सञ्चालन मुनाफा ६१.९१ प्रतिशत बढेको छ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी अर्थात ईपीएस पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १४ रुपैयाँ १४ पैसा बढेर ३७ रुपैयाँ १९ पैसा पुगेको छ। पुस मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १२.४५ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १९५ रुपैयाँ ७३ पैसा रहेको छ।

पछिल्लो ६ महिनामा बैंकको चुक्ता पूँजी स्थिर रहेको छ भने जगेडा कोष ३.६९ प्रतिशत बढेको छ। त्यस्तै, बैंकको निक्षेप ९.६० प्रतिशत बढेको छ भने कर्जा २.३२ प्रतिशत बढेको छ।


प्रकाशित : बिहीबार , माघ १९ २०७९११:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend