शुक्रबार, मंसिर १४ गते २०८१    
images
images

नयाँ बजेटसँगै भारतमा विलासी कारको मूल्य बढ्यो, बिक्रीका लागि टेस्लाको भारत आउने चाहना समाप्त

images
बिहीबार , माघ १९ २०७९
images
images
नयाँ बजेटसँगै भारतमा विलासी कारको मूल्य बढ्यो, बिक्रीका लागि टेस्लाको भारत आउने चाहना समाप्त

त्यस्तै सीबीयू र सीआईएफसहित ४० हजार डलरभन्दा बढी मूल्यका वा ३ हजार सीसीका पेट्रोल कार र २५ सय सीसीभन्दा माथिका डिजेल कारको आयातमा १ सय प्रतिशत कर लाग्ने व्यवस्था रहेको छ। 

images
images

काठमाडौं- भारत सरकारले विदेशमा बनेर स्वदेशमा ल्याइ बिक्री गरिने विलासी कारमा लाग्दै आएको कर बढाएको छ। बुधकार भारतीय वित्त मन्त्री निर्मला सितारमनले संघीय संसदमा पेश गरेको आर्थिक वर्ष २०२३/२४ को बजेटमा आयातित विलासी कारमा कर बढाउने प्रस्ताव गरेकी हुन्। 

images
images
images

भारतमा विलासी कार बिक्री गर्दै आएका मर्सिडिज बेन्ज, बीएमडब्लू, अउडीदेखि अल्ट्रा लक्जरी मानिने पोस्र्च, लेम्बर्गिनीलगायत कारको कर बढाइएको हो। अब भारतमा यी कारहरु थप महँगा हुनेछन्। तर यी नै कार भारतमै एसेम्बल वा उत्पादन गर्ने हो भने महँगो हुने छैन। 

images

भारतमा सीआईएफसहित कम्प्लिटली विउल्ड युनिट (सीबीयू) विद्युतीय कार ४० हजार डलरभन्दा बढी मूल्यको हुँदा त्यसमा ६० प्रतिशत कर लाग्दै आएको थियो। अब भने यस्तै प्रक्रितिको कार आयात गर्दा ७० प्रतिशत कर लाग्ने भएको छ। 

images

त्यस्तै सीबीयू र सीआईएफसहित ४० हजार डलरभन्दा बढी मूल्यका वा ३ हजार सीसीका पेट्रोल कार र २५ सय सीसीभन्दा माथिका डिजेल कारको आयातमा १ सय प्रतिशत कर लाग्ने व्यवस्था रहेको छ। 

भारतमा तयारी कारको आयातमा कर बढी भएको भन्दै टेस्लाले भारत आउने इन्कार गरेको छ। टेस्लाले कर घटाए भारत आउने र भारत सरकारले एसेम्बल गरे कर घटाउने विषयमा सोच्न सकिने बताएको थियो। सोही द्वन्द्वात्मक अवस्थाका बीच टेस्ला भारत आएको थिएन। 

बुधबार केन्द्रीय वित्त मन्त्रीले ल्याएको बजेटसँगै विद्युतीयसहित सबै प्रकारका विलासी कारको आयातमा कर बढाएसँगै टेस्लाको भारत आगमन लगभग समाप्त भएको छ। टेस्ला भारत आउने एउटै मात्र बाटो बाँकी रहेको छ त्यो हो एसेम्बल वा उत्पादन प्लाटसहित। 

पछिल्लो समय भारतमा धनाढ्यहरुको संख्या बढ्दै गएसँगै विलासी कारको बजार समेत बढ्दै गएको छ। गएको वर्ष भारतमा सबैजसो विलासी कार निर्माताले उल्लेख्य संख्यामा कार बिक्री गरेका थिए। 

जर्मन कार निर्माता मर्सिडिज बेन्ज, बीएमडब्लू, अउडीलगायत ब्रान्डको बिक्री २०२२ मा रेकर्ड कायम भएको थियो। त्यस्तै अल्ट्रा लक्जरी कार निर्माता पोस्र्चले २०२२ मा भारतमा ७ सय ७९ वटा कार बिक्री गर्न सफल भएको थियो। यी सबै कार भारतमा नभइ जर्मनी वा कम्पनीको प्लान्ट रहेका अन्य देशमा उत्पादन भएको थियो।

सोही सेगमेन्टको अर्को अल्ट्रा लक्जरी ब्रान्ड लेम्बर्गिनीले २०२२ मा भारतमा ९२ वटा कार बिक्री गरेको थियो। आयातित महँगा कारको बिक्री बढ्न थालेसँगै भारत सरकारले भारतमै उत्पादन गर्न प्रेरित गर्ने उद्देश्यले आयातित विलासी कारमा कर वृद्धि गरेको जनाएको छ।  


प्रकाशित : बिहीबार , माघ १९ २०७९०४:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend