बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाकाे आशाले घटेकाे सेयर बजार थामियाे, खुकुलो होला सेयर कर्जा नीति?

बुधबार, माघ १८ २०७९
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाकाे आशाले घटेकाे  सेयर बजार थामियाे, खुकुलो होला सेयर कर्जा नीति?

बुधबार नेप्से परिसूचक ४.९७ अंकले बढेर २११६.६५ अंकमा पुगेको छ। बुधबार ५० लाख २४ हजार कित्ता सेयर किनबेच हुँदा १ अर्ब ७६ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको हो।

काठमाडौं- नेपाल राष्ट्र बैंक चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको तयारी गरेसँगै सेयर बजार पनि थामिएको छ। पछिल्लो तीन दिनदेखि घटेको बजार चौथो दिनमा थामिएको हो।

सेयर बजारमा यो साता तीन दिनको कारोबारमै ७१.४३ अंकको गिरावट आइसकेको थियो। सुधारको आश गरिएको सेयर बजारमा लगातार तीन कारोबारमा गिरावट देखिएको थियो।  पछिल्लो समय सेयर बजार २२०० को बिन्दुको वरपर घुमिरहेको छ। नयाँ सरकार गठन भएसँगै विश्वासको वातावरण देखिएको भनिएको सेयर बजारमा सुधारका बीच उतारचढाव भइरहेको छ। 

बुधबार नेप्से परिसूचक ४.९७ अंकले बढेर २११६.६५ अंकमा पुगेको छ। बुधबार ५० लाख २४ हजार कित्ता सेयर किनबेच हुँदा १ अर्ब ७६ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको हो।

यता सरोकारवालाहरुसँग राष्ट्र बैंकले मौद्रिक नीति समीक्षाका लागि सुझाव मागेको छ। तरलता अधिक भएसँगै सेयर बजारको कर्जामा फकुवा हुने आशामा लगानीकर्ता देखिएका छन्। जसका कारण लगानीकर्ता पर्ख र हेरकको आवस्थामा रहेका छन्। 

अहिले निक्षेप ५३ खर्ब ६१ अर्ब पुगेको छ। भने ऋण प्रवाह ४८ खर्ब १६ अर्ब रहेको छ भने सीडी रेसियो ८६.४६ प्रतिशत रहेको छ। अहिले पनि बैंकहरुमा झन्डै ३ खर्ब कर्जा प्रवाह गर्न सक्ने अवस्थामा रहेका छन्। यता अल्पकालिन ब्याजदर घटिरहेको छ। अन्तरबैंक ब्याजदर ४ प्रतिशतमा झरेको छ। राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले माघ पहिलो साता एक सूचना जारी गर्दै २० गतेभित्र सुझाव बुझाउन भनेको छ। 

आइतबार १४.६८ अंकको गिरावट आएको बजार सोमबार ४१.०१ अंकले घटेर २१२७.५२ बिन्दुमा झरेको थियो। मंगलबार पुनः दोहोरो अंकको गिरावट आएको थियो।  

मंगलबार १५.७४ अंकले घटेर बजार २१११.६३ बिन्दुमा झरेको थियो। ५७ कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा २ अर्ब ८२ करोड रुपैयाँको कारोबार भएको थियो।


प्रकाशित : बुधबार, माघ १८ २०७९०९:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend