बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

आवेदन दिएका ९३.७४ प्रतिशतको हात खालि हुने कालिञ्चोक दर्शनको आईपीओ बिहीबार बाँडफाँट हुने

बुधबार, माघ १८ २०७९
आवेदन दिएका ९३.७४ प्रतिशतको हात खालि हुने कालिञ्चोक दर्शनको आईपीओ बिहीबार बाँडफाँट हुने

कालिञ्चोक दर्शन लिमिटेडले कम्पनीले माघ ३ देखि माघ ६ गतेसम्म जारी गरेको आईपीओ भोलि बाँडफाँड हुँदैछ।

काठमाडौं- कालिञ्चोक दर्शन लिमिटेडमा माघ १९ गते बिहीबार साधारण सेयर (आईपीओ) बाँडफाँट हुने भएको छ। कम्पनीको बिहीबार ८९ हजार ६४० जना सेयरधनी थपिने छन्। 

कालिञ्चोक दर्शन लिमिटेडले कम्पनीले माघ ३ देखि माघ ६ गतेसम्म जारी गरेको आईपीओ भोलि बाँडफाँट हुँदैछ। 

धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ अनुसार प्रत्येक आवेकदलाई १० कित्ताका दरले सेयर बाँडफाँट गर्नुपर्ने हुन्छ। यसअनुसार कम्पनीको सेयर ८९ हजार ६४० जनाले गोलाप्रथाबाट १० कित्ताका दरले पाउनेछन्। यो भनेको कम्पनीमा आवेदन दिएका ९६ जनामा १ जनाका दरले मात्रै सेयर पाउने व्यवस्था थियो। 

कम्पनीको सेयरमा १४ लाख ३२ हजार ८८१ जनाबाट कुल १ करोड ६६ लाख ८ हजार कित्ताको लागि आवेदन परेको छ। यसअनुसार कुल आवेदकको ६.२६ जनाले सेयर पाउनेछन् भने ९३.७४ प्रतिशतको आवेदन खाली हुनेछ। १३ लाख ४३ हजार २४१ जनाको हात खाली हुनेछ। 

कम्पनीले आफ्नो जारी पूँजी ६० करोड रुपैयाँको १८ प्रतिशतले हुन आउने १० करोड ८० लाख रुपैयाँ बराबरको १० लाख ८० हजार कित्ता सेयर सर्वसाधारणका लागि छुट्याएको थियो। सोमध्ये १० प्रतिशत अर्थात १ लाख ८ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि, ५ प्रतिशत अर्थात ५४ हजार कित्ता सामूहिक लगानी कोषहरुका लागि र २ प्रतिशतले हुन आउने २१ हजार ६०० कित्ता कर्मचारीहरुका लागि सुरक्षित तथा बाँडफाँट गरिसकेको छ। 


प्रकाशित : बुधबार, माघ १८ २०७९०८:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend