काठमाडौं- भारत सरकारले आर्थिक वर्ष २०२३/२४ सबैभन्दा धेरै अनुदान भुटान सरकारलाई दिने भएको छ।
वर्षेनी मित्र राष्ट्रहरूलाई अनुदान दिँदै आएको भारत सरकारले २०२३/२४ बजेटमा भुटानलाई २४ अर्ब भारु अनुदान दिने गरि विनियोजन गरेको छ।
भारत सरकारले कजोर आर्थिक अवस्था भएका मुलुकलाई दिने अनुदान बजेटमै घोषणा गरेर संसदीय अनुमोदन गराउछ। भारतले नेपालका लागि भने ५ अर्ब ५० करोड भारु विनियोजन गरेको छ। नेपालका लागि यो अनुदान गत वर्षको बजेटको तुलनामा २ अर्ब न्यून हो।