आइतबार, असार ८ गते २०८२    
आइतबार, असार ८ २०८२
images
images

भारतमा मोबाइलदेखि विद्युतीय कारसम्म सस्तो हुने 

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, माघ १८ २०७९
images
images
भारतमा मोबाइलदेखि विद्युतीय कारसम्म सस्तो हुने 

भारत सरकारले बजेट मार्फत् विद्युतीय उपकरण तथा नयाँ ऊर्जामा आधारित सवारीसाधन सस्तो बनाउने नीति लिएको छ। 

images
images

काठमाडौं- भारत सरकारले बजेट मार्फत् विद्युतीय उपकरण तथा नयाँ ऊर्जामा आधारित सवारीसाधन सस्तो बनाउने नीति लिएको छ। 

images
images
images

आज भारतमा सार्वजनिक भएको केन्द्रीय सरकारको बजेटले पछिल्ला केही वर्षदेखि मोबाइल फोनको उत्पादन बढाउनका लागि आवश्यक उपकरण तथा पदार्थको आयातमा दिँदै आएको छुटलाई निरन्तरता दिएको छ। 

images
images

यो बजेटबाट त्यस्ता उपकरणको आयातमा थप छुट दिइएको छ। क्यामेराका लेन्स, लिथियम ब्या्ट्री लगायतका आयातमा सरकारले छुट दिएको छ। मोबाइलसँग टीभी उत्पादनमा आवश्यक उपकरणको आयातमा पनि भन्सार महसुल छुट दिइएको छ। 

images
images
images

विद्युतीय सवारी साधनको उत्पादन तथा प्रयोगलाई बढाउनका लागि भारत सरकारले पछिल्लो समय छुट दिँदै आएको छ। यो बजेटबाट भारतले ब्याट्रीको आयातमा लाग्दै आएको भन्सार महसुल हटाइदिएको छ। त्यस्तै सीएनजीबाट जीएसटी हटाइदिएको छ। 

नेपालमा विद्युतीय उपकरणको आयात हुँदै आएको छ। भारतमा उत्पादनका लागि सहुलियत हुँदा उत्पादन लागत घट्न गइ मूल्य घट्दा अन्तत: केही प्रभाव पर्नसक्छ। यद्यपि निर्यात नीति भारतीय सरकारले कार्यकारी निर्णयमा निर्भर हुन्छ। 


प्रकाशित : बुधबार, माघ १८ २०७९०७:५७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend