काठमाडौं- भारत सरकारले व्यक्तिगत आयकरको व्यवस्थामा हेरफेर गरेको छ। आज भारतीय संसदमा प्रस्तुत संघीय बजेट मार्फत् सरकारले आयकर छुटको सीमा बढाएको हो।
भारतीय अर्थमन्त्री निर्मला सीतारमणले आयकर छुटको सीमामा बढोत्तरी गरिदिएकी छन्। भारतमा अबदेखि वर्षमा ७ लाख भारू आम्दानी गर्नेले आयकर तिर्नुनपर्ने भएको छ। यसअघि यस्तो सीमा ५ लाख भारु थियो।
भारतीय मध्यवर्गले कर छुटको सीमा बढाउनुपर्ने माग गर्दै आएको थियो।
त्यस्तै कर स्ल्याबमा परिवर्तन गर्दै मध्यमवर्गमैत्री दर तय गरिएको छ। यसअघि रहेका ६ तहका स्ल्याबलाई पाँचमा झारिएको छ।
नयाँ स्ल्याब अनुसार भारतमा अबदेखि सात लाख भन्दा माथि ३ देखि ६ लाख रुपैयाँसम्म आम्दानीमा ५ प्रतिशतमात्र कर लाग्नेछ।
पछिल्लो ८ वर्षदेखि भारतमा व्यक्तिगत आयकरको सीमामा हेरफेर भएको थिएन।