बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

नेपाल टेलिकमको सेयर खरिदमा चाप पर्दा मूल्यमा उछाल, कतिसम्म पुग्ला?

बुधबार, माघ १८ २०७९
नेपाल टेलिकमको सेयर खरिदमा चाप पर्दा मूल्यमा उछाल, कतिसम्म पुग्ला?

काठमाडौं- लगातार उछाल आएको नेपाल टेलिकमको सेयर मूल्यमा बुधबार कारोबार जारी रहँदा पनि मूल्यमा उछाल आएको छ। खरिदकर्ता झुम्मिदा बिक्रीकर्ता भने थोरै छन्।

खरिदमा १ लाख ४५ हजार कित्ता अडर हुँदा बिक्रीमा जम्मा ४० हजार कित्ता मात्रै रहेको छ। बिहीबार पनि दिउँसोसम्म प्रतिकित्ता १२ रुपैयाँले बढेको छ। बुधबार दिउँसो १ बजेर २० मिनेटसम्म ८ सय ४८ रुपैयाँमा कारोबार भइरहेको छ।  
 

ntc 11.JPG

 

नेपाल टेलिकमले नाफाबाट सेयर धनीलाई वितरण गर्ने लाभांश पारित गरेर लगानीकर्ताको खातामा पठाइसकेको छ। कम्पनीले प्रतिसेयर ४० रुपैयाँ नगद लाभांश दिएको थियो।

यसको अर्थ एकसय कित्ता सेयर हुनेले ४ हजार नगद लाभांश पाएका छन्। मूल्य समायोजन भएर ८०० रुपैयाँमा आएपछि पुनः लगानीकर्ताले टेलिकमको सेयर खरिद गर्न थालेपछि मूल्य बढेको हो। 

गत वर्ष नगद २० प्रतिशत र बोनस सेयर २० प्रतिशत दिएको थियो। यो वर्ष भने कम्पनीले ४० प्रतिशत नगद लाभांश दिएको छ। 

कम्पनीको यसअघि सेयर मूल्य बढेर १७९९ रुपैयाँसम्म पुगेको थियो। पछि मूल्य समायोजन हुँदा ८०० रुपैयाँमा झरेको सेयर मूल्य अहिले पुनः बढ्न थालेको छ। यो वृद्धिले निरन्तरता पाउने आशामा लगानीकर्ता देखिएका छन्। जसका कारण सेयर मूल्य अझै माथि जाने अनुमान गरिएको छ।


प्रकाशित : बुधबार, माघ १८ २०७९०७:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend