बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

शुभम् पावरको आईपीओ खुला

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, माघ १८ २०७९
शुभम् पावरको आईपीओ खुला

काठमाडौं- शुभम पावर लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयरको बिक्री खुला गरेको छ। कम्पनीले आजदेखि प्रतिकित्ता एकसय रुपैयाँका दरले ४ लाख ८१ हजार आठ सय ८२ कित्ता सेयर आईपीओ निष्कासन बिक्री खुला गरेको हो। 

आयोजना प्रभावित स्थानीयका लागि निष्काशन गरी बिक्री नभएका एक लाख ८० हजार पाँच सय ८० कित्तासहित कूल पाँच लाख ८० हजार पाँच सय ८० कित्ता सेयर सर्वसाधारणमा निष्कासन गर्न छुट्याएको थियो।

जसमध्ये ५८ हजार ५८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि र २९ हजार ३० कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरिनुका साथै ११ हजार छ सय १० कित्ता सेयर कर्मचारीलाई छुट्याइ थियो। बाँकी रहेका चार लाख ८१ हजार आठ सय ८२ कित्ता सेयर सर्वसाधारणलाई निष्कासन गरिएकोे सार्वजनिक आह्वानपत्रमा उल्लेख छ। 

सर्वसाधारणले यही माघ २२ सम्म १० कित्ता देखि पाँच हजार कित्तासम्म सेयर खरिदका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ भने केयर रेटिङ्गस् नेपालले ‘केयरएन्पी बीबी प्लस आइएस्’ प्रमाणपत्र प्रदान गरेको छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट ‘सि आस्वा’ प्रणालीमार्फत तथा अनलाइनमा मेरो सेयर प्रयोग गरेर सेयर खदिरको आवेदन दिन सक्ने कम्पनीले जनाएको छ। 

कम्पनीले सङ्खुवासभाको चैनपुर नगरपालिका-९ स्थित पिलुवा खोलामा ‘पिलुवा खोला साना जलविद्युत् आयोजना’बाट २०६८ साउन १ देखि नौ सय ९० किलोवाट क्षमताको जलविद्युत् उत्पादन गरिरहेको छ। रासस


प्रकाशित : बुधबार, माघ १८ २०७९०७:०५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend