काठमाडौं- बुधबार नेपाली बजारमा सुन तथा चाँदी दुवैको मूल्य बढेको छ। मंगलबारको तुलनामा सुन प्रतितोला ५ सय र चाँदी ५ रुपैयाँ बढेको हो।
मंगलबार छापावाल सुन प्रतितोला १ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। बुधबारका लागि छापावाल सुनको मूल्य तोलामा ५ सय रुपैयाँ बढेर १ लाख ६ हजार ३ सय रुपैयाँ कायम भएको हो।
त्यस्तै मंगलबारको तुलनामा चाँदीको मूल्य तोलामा ५ रुपैयाँ बढेको हो। बुधबारका लागि चाँदीको मूल्य प्रतितोला १३ सय ७० रुपैयाँ तोकिएको छ। मंगलबार चाँदी प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।