शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

केटीएम इन्टरनेशनलले सुनरा ब्रान्डका विद्युतीय स्कुटर ल्याउँदै, यस्तो छ रेन्ज र विशेषता

सुरुमा दुई मोडलका स्कुटर ल्याउने

images
बिहीबार , माघ १९ २०७९
images
केटीएम इन्टरनेशनलले सुनरा ब्रान्डका विद्युतीय स्कुटर ल्याउँदै, यस्तो छ रेन्ज र विशेषता

सुनराले ३ सय ५० वाट देखि ४ हजार ५ सय वाट क्षमतासम्मको मोटर क्षमता भएका विद्युतीय सवारी उत्पादन गर्दै आएको छ।

images
images

काठमाडौं- नेपाली बजारमा नयाँ विद्युतीय स्कुटर ब्रान्ड आउने तय भएको छ। पञ्चकन्या समूह अन्तर्गतको केटीएम इन्टरनेशनल ट्रेडिङ प्रालिले नयाँ ब्रान्डको विद्युतीय स्कुटर ल्याउन भएको हो। 

images
images
images

चीन तथा पूर्वीएसियामा लाकप्रिय रहेको सुनरा ब्रान्डको विद्युतीय स्कुटर नेपाल आएको हो। सुनराले ३ सय ५० वाट देखि ४ हजार ५ सय वाट क्षमतासम्मको मोटर क्षमता भएका विद्युतीय सवारी उत्पादन गर्दै आएको छ। 

images
images

सुनराका विद्युतीय स्कुटर, मोटरसाइकल, वाइसाइकल र ई-कार उत्पादन हुँदै आएको छ। तत्का केटीएम इन्टरनेशनलले सुनरा ब्रान्डका दुई मोडलका विद्युतीय स्कुटर नेपाल भित्र्याउन लागेको हो। 

images
images

आकर्षक र शक्तिशाली विद्युतीय स्कुटर स्कुटरको माग बढ्दै आएकाले केटीएमले सुनरा ब्रान्डका विद्युतीय स्कुृटर ल्याएको जनाएको छ। उपभोक्ताको चाहना र मागलाई सम्बोधन गर्न डिजाइनमा आकर्षक र लामो रेन्ज दिने विद्युतीय स्कुटर ल्याएको जनाएको छ। केटीएमले सुनराको दुई मोडल रोबो-एस र हक सिंगल र डबल ब्याट्री अल्सनमा ल्याउने छ। 

रोबो-एस स्कुटर 

रोबो-एस विद्युतीय स्कुटर एक पटकको फुल चार्जमा १ सय ३५ किलोमिटर कुद्ने छ। ३ हजार वाट मोटर पावर भएको यो स्कुटरको अधिकतम गति ८५ किलोमिटर प्रतिघण्टा रहेको छ। 

कालो र सेतो गरि दुई कलर अप्सनमा आउने यो विद्युतीय स्कुटरमा इन्टिग्रेटेड एलईडी टेललाइट, फाइभभी यूएसबी फेन चार्जिङ पोर्ट, तीन स्पीड मोडसहितको ग्रुज कन्ट्रोल र रिभर्स सिस्टम रहेको छ। फिङगर प्रिन्टसहितको टचस्क्रिन यो स्कुटरको अर्को आकर्षक विशेषता हो। 

यो स्कुटरमा भएको डुवल पावर मोटरले २ सय ३० एनएम टर्क जेनेरेट गर्नेछ। डुअल ७२भी२० एएत लिथियम आयन (पोर्टेवल) ब्याट्री यो स्कुटरमा छ। 

हक स्कुटर

केटीएमले ल्याउने लागेको अर्को विद्युतीय स्कुटर हो हक। यो स्कुटरमा १८ सय वाटको विद्युतीय मोटर जडान गरिएको छ जसले एकपटकको फुल चार्जमा ६५ देखि १३० किलोमिटरसम्म रेन्ज दिने दाबी कम्पनीले गरेको छ। सिंगल ब्याट्रीमा ६५ किलोमिटर र डबल ब्याट्री प्रयोग भएको हकले १ सय ३० किलोमिटर रेन्ज दिने कम्पनीको भनाइ छ। 

सुनराको आफ्नै विद्युतीय मोटर प्रयोग भएको यो स्कुटरमा अगाडि डिस र पछाडि ड्रम ब्रेक रहेको छ। हक विद्युतीय स्कुटरको अधिकतम गति ४५ किलोमिटर प्रतिघण्टा रहेको छ। 

केटीएमले ल्याउने लागेको सुनराका दुई स्कुटर आगामी दुई साता भित्र नेपाल आइसक्ने कम्पनीले जनाएको छ। नेपाल भित्रिए लगत्तै आवश्यक प्रक्रिया पूरा गरेर स्कुटरको बिक्री सुरु हुने केटीएम भनाइ छ। उपभोक्ताको मागअनुसार कम्पनीले सुनराका नयाँ मोडलका स्कुटर तथा मोटरसाइकल ल्याउने समेत जनाएको छ। 

सुरुवाती चरणमा सुनराको रोबो-एसको मूल्य करिब ३ लाख ८० हजारबाट र हकको मूल्य २ लाख ४० हजार रुपैयाँ सुरुवाती मूल्य हुने कम्पनीले जनाएको छ। 


प्रकाशित : बिहीबार , माघ १९ २०७९०५:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend