बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

सेयर बजारमा लगातार तीन दिन गिरावट, ७१ अंकले घट्यो

मंगलबार, माघ १७ २०७९
सेयर बजारमा लगातार तीन दिन गिरावट, ७१ अंकले घट्यो

काठमाडौं- सेयर बजारमा यो साता तीन दिनको कारोबारमै ७१.४३ अंकको गिरावट आइसकेको छ। सुधारको आश गरिएको सेयर बजारमा लगातार तीन कारोबारमा गिरावट देखिएको हो।  

आइतबार १४.६८ अंकको गिरावट आएको बजार सोमबार ४१.०१ अंकले घटेर २१२७.५२ बिन्दुमा झरेको थियो। मंगलबार पुन: दोहोरो अंकको गिरावट आएको छ। 

मंगलबार १५.७४ अंकले घटेर बजार २१११.६३ बिन्दुमा झरेको छ। ५७ कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा २ अर्ब ८२ करोड रुपैयाँको कारोबार भएको छ। १४८ कम्पनीको सेयर मूल्य घटेको छ भने ११ कम्पनीको मूल्यमा परिवर्तन आएको छैन।  

केही ठूला लगानीकर्ताको वरपर रहने बजारमा पुन: चलखेल देखिन थालेको विश्लेषकहरू बताउँछन्। नयाँ सरकार गठन भएसँगै विश्वासको वातावरण देखिएको भनिएको सेयर बजारमा सुधारका बीच उतारचढाव भइरहेको देखिन्छ। अहिलेको अवस्थामा अब सरकारले लिने नीतिपछि मात्रै विश्वासयोग्य सुधारको अपेक्षा गर्न सकिने विश्लेषकहरूको भनाइ छ।  


प्रकाशित : मंगलबार, माघ १७ २०७९०९:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend