बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

हकप्रदको चर्चाका बीच पनि माथिल्लो तामाकोशीको सेयर मूल्य किन घट्यो?

मंगलबार, माघ १७ २०७९
हकप्रदको चर्चाका बीच पनि माथिल्लो तामाकोशीको सेयर मूल्य किन घट्यो?

काठमाडौं- निरन्तर बढिरहेको माथिल्लो तामाकोशीको सेयर मूल्य घट्न थालेको छ। कम्पनीले लगानीकर्तालाई हकप्रद सेयर दिएर चुक्ता पुँजी बढाउने तयारी गरेपछि सेयर बजारमा उछाल आएको छ। कम्पनीको सेयर मूल्य पछिल्लो सातायता लगातार बढिरहेको थियो। 

सोमबार भने प्रतिकित्ता १५ रुपैयाँले घटेको थियो। कम्पनीको सेयर मूल्य ५२२ रुपैयाँ झरेको छ। कम्पनीको सोमबार पनि १ लाख ७५ हजार कित्ता सेयर खरिद बिक्री भएको छ। ९ करोड ३५ लाख कित्ता सेयर किनबेच भएको छ। 

पछिल्लो एक वर्षमा कम्पनीको सेयर मूल्य बढेर ९६२ रुपैयाँसम्म पुगेको थियो। त्यस्तै घटेर ३५४ रुपैयाँसम्म दोस्रो बजारमा कारोबार भएको थियो। आयोजनाले निर्माण भएको देशकै सबैभन्दा ठूलो ४५६ मेगावाट आयोजनाले ३० अर्ब चुक्तापुँजी बनाउने गरी प्रक्रिया अगाडि बढाएको छ। 

आयोजनाले १ः१ कित्ता हकप्रद दिने प्रस्ताव गरेको हो। जसको लागि आयोजना सञ्चालक समितिले निर्णय गरेर विद्युत नियमन आयोगबाट समेत स्वीकृत हुनुपर्छ। यसका लागि कम्पनीले साधरणसभाबाट स्वीकृत लिइसकेको छ। नेपाल धितोपत्र बोर्डमा पनि आवेदन दिनेगरी प्रक्रिया अगाडि बढाएको छ। 

upper 11.JPG

हालको चुक्तापुँजी १० अर्ब ५० करोड रुपैयाँलाई बढाएर ३० अर्ब रुपैयाँ बनाउन उक्त अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको हो। माथिल्लो तामाकोशी पहिलोपटक नाफामा गएको थियो। ४५६ मेगावाट क्षमताको आयोजनाले उत्पादन सुरु भएर बिजुली बिक्री गर्न थालेपछि नाफामा जान थालेको छ।

बैंकको ब्याजबाहेक ३५ अर्ब २९ करोड रुपैयाँमा निर्माण पूरा गर्ने लक्ष्य राखिएको आयोजना ८८ अर्ब रुपैयाँ पुगिसकेको थियो। माथिल्लो तामाकोशी प्रतिमेगावाट १९ करोड ३० लाख रुपैयाँमा सम्पन्न भएको हो। कम्पनीका अनुसार कुल लागतमध्ये ५२ अर्ब रुपैयाँ खुद लागत तथा बाँकी बैंकको ब्याज, विदेशी मुद्रामा आएको वृद्धिलगायत खर्च निस्केको छ।

आयोजनामा नेपाल विद्युत प्राधिकरणको ४१ प्रतिशत, नेपाल टेलिकमको ६ प्रतिशत, नागरिक लगानी कोषको २ प्रतिशत र राष्ट्रिय बीमा संस्थानको २ प्रतिशत लगानीका संस्थापक रहेका छन्। यस्तै, सर्वसाधारणको १५ प्रतिशत, दोलखा जिल्लाबासीको १० प्रतिशत तथा २४ प्रतिशत कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताको लगानी छ। कम्पनीको बजार पुँजीकरण ५७ अर्ब पुगेको छ। 


प्रकाशित : मंगलबार, माघ १७ २०७९०३:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend