बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

अल्पकालीन ऋणको ब्याजदर घट्दो ट्रेण्डमा, अन्तरबैंक ब्याजदर घटेर ४ प्रतिशत तल

सोमबार, माघ १६ २०७९
अल्पकालीन ऋणको ब्याजदर घट्दो ट्रेण्डमा, अन्तरबैंक ब्याजदर घटेर ४ प्रतिशत तल

काठमाडौं- एकवर्षयता वित्तीय प्रणालीमा निक्षेप बढ्दो ट्रेण्डमा देखिएसँगै अल्पकालीन ऋणको ब्याजदरहरू निरन्तर घट्न थालेका छन। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार सोमबार साँझसम्म निक्षेप ५३ खर्ब ५९ अर्ब रुपैयाँ पुगेको छ।

पछिल्लो समय अल्पकालीन ऋणको ब्याजदरहरू निरन्तर घट्न थालेका छन्। ऋण प्रवाह ४८ खर्ब १७ अर्ब पुगेको छ। सीडी रेसियो पनि ८६.५१ प्रतिशतमा झरेको छ। 

बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) सुधार आउन थालेसँगै अन्तरबैंक ब्याजदरहित ट्रेजरी बिलका ब्याजदरहरू पनि घट्न थालेका हुन्। राष्ट्र बैंकको तथ्यांक अनुसार अन्तरबैंक ब्याजदर घटेर ४ प्रतिशतको लाइनमा आएको छ। बैंकहरूले बैंकहरूसँगै सापटीमा लिने रकममा तिर्ने ब्याज नै अन्तरबैंक ब्याजदर हो।

बैंकहरूले ४.१६ प्रतिशत ब्याज तिरेर अन्तरबैंक सापटी चलाइरहेका छन्। अघिल्लो दिन यस्तो ब्याजदर ५.०६ प्रतिशत थियो। अन्तरबैंक सापटीको ब्याजदर साढे ८ प्रतिशत पुर्‍याएका थिए। 

दोहोरो अंकमा रोकिएको ट्रेजरी बिलको ब्याज पनि एकल अंकमा झरेको छ। ट्रेजरीमा औसतमा ९.८१ प्रतिशत ब्याजदर कायम भएको छ। केही समयअघि यस्तो ब्याजदर औसतमै १२ प्रतिशतमाथि पुगेको थियो।

राष्ट्र बैंकले ५ अर्ब रुपैयाँ बराबरको ७ दिने रिभर्स रिपो जारी गरेको छ। राष्ट्र बैंकले बैंकिङ प्रणालीमा तरलता अभाव भएमा स्थायी तरलता सुविधालगायत वित्तीय औजारबाट तरलता बजारमा उपलब्ध गराउँछ भने तरलता बढी हुँदा त्यसको व्यवस्थापनका लागि रिभर्स रिपो गरी अधिक तरलतालाई तान्छ।


प्रकाशित : सोमबार, माघ १६ २०७९११:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend