बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

लगातार घट्यो सेयर बजार : सोमबार ४१ अंकको गिरावट, ३ अर्ब ३० करोड बढीको कारोबार

सोमबार, माघ १६ २०७९
लगातार घट्यो सेयर बजार : सोमबार ४१ अंकको गिरावट, ३ अर्ब ३० करोड बढीको कारोबार

काठमाडौं- सेयर बजारमा यो साता लगातार गिरावट देखिएको छ। सुधारको आश गरिएको सेयर बजारमा आइतबार दोहोरो अंकको गिरावटसँगै सोमबारसमेत ठूलो अंकको गिरावट देखियो। 

आइतबार १४.६८ अंकको गिरावट आएको बजार सोमबार ४१.०१ अंकले घटेर २१२७.५२ बिन्दुमा झरेको छ। ९ कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा ३ अर्ब ३० करोड रुपैयाँको कारोबार भएको छ। 

केही ठूला लगानीकर्ताको वरपर रहने बजारमा पुन: चलखेल देखिन थालेको विश्लेषकहरू बताउँछन्। नयाँ सरकार गठन भएसँगै विश्वासको वातावरण देखिएको भनिएको सेयर बजारमा सुधारका बीच उतारचढाव भइरहेको देखिन्छ। अहिलेको अवस्थामा अब सरकारले लिने नीतिपछि मात्रै विश्वासयोग्य सुधारको अपेक्षा गर्न सकिने विश्लेषकहरूको भनाइ छ।  


प्रकाशित : सोमबार, माघ १६ २०७९०९:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend