बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

आत्मनिर्भर लघुवित्तको आईपीओ खुला

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, माघ १६ २०७९
आत्मनिर्भर लघुवित्तको आईपीओ खुला

काठमाडौं- आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण सेयरको निष्कासन गरेको छ। कम्पनीले आजदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ)को बिक्री खुला गरेको हो। 

कम्पनीले आफ्नो जारी पुँजी ६ करोड २३ लाख ३८ हजारको ३२ दशमलव ६२ प्रतिशत अर्थात् दुई करोड तीन लाख ३८ हजार बराबरको प्रतिसेयर एक सय दरका दुई लाख तीन हजार तीन सय ८० कित्ता साधारण सेयरमध्ये २० हजार तीन सय ३८ कित्ता सेयर वैदेशिक रोजगारमा रहेका नेपालीलाई निष्कासन गर्न गरेको छ।

निष्कासित सेयरमा वैदेशिक रोजगारीमा रहेका नेपालीले आगामी फागुन १ भित्र आवेदन दिनुपर्ने सार्वजनिक आह्वानपत्रमा उल्लेख छ। आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्ता सेयरसम्मको आवेदन दिन सक्नेछन्। 

लगानीकर्ताले आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट तथा अनलाइनमा ‘मेरो सेयर’मार्फत् सेयर खरिदको आवेदन दिनसक्ने कम्पनीले जनाएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड छ। 

कम्पनीलाई केयर रेटिङस नेपालले ‘केयर एनपी बी प्लस इस्युअर’ रेटिङ प्रदान गरेको छ। रासस


प्रकाशित : सोमबार, माघ १६ २०७९०६:०५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend