काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सोमबार भेटवार्ता गरेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान भएको भेटवार्तामा उनीहरूबीच काठमाडौं महानगरलाई सफा, सुन्दर र आकर्षक बनाउने तथा विकासको निर्माणको कामलाई कसरी गति दिन सकिन्छ भन्ने विषयमा कुराकानी भएको थियो।
भेटका अवसरमा प्रधानमन्त्री प्रचण्डले महानगरको काम कारबाहीको बारेमा चासो राखेका थिए। काठमाडौंका मेयर शाहले महानगरको काम कारबाहीका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराएका थिए।