काठमाडौं- बजारमा नक्कली अन्त:शुल्क स्टिकरको बिगबिगी देखिएको छ।
आन्तरिक राजस्व विभागको अनुमगनबाटै देशका विभिन्न ठाउँमा नक्कली स्टिकर प्रयोग गरिएका मदिरा तथा सुर्तीजन्य पदार्थ भेटिएको हो।
चालु आर्थिक वर्षको माघ १५ गतेसम्मको बजार अनुगमनबाट विभागले यस्ता मदिरा तथा सुर्तीजन्य पदार्थ जफत गरी अनुसन्धानको प्रक्रिया अघि बढाएकोऊ छ।
विभागले हालसम्म १८ लाख रुपैयाँ बराबरको नक्कली स्टिर प्रयोग गरिएको तथा चोरी पैठारी गरेको पदार्थ फेला पारेको हो।