शनिबार, चैत १८ गते २०७९

अपि पावरलाई हकप्रद जारी गर्न अनुमति, १०० कित्ता हुनेले कति पाउँछन्?

images
images
अपि पावरलाई हकप्रद जारी गर्न अनुमति, १०० कित्ता हुनेले कति पाउँछन्?
images
images

काठमाडौं- विद्युत नियमन आयोगले अपि पावर कम्पनी लिमिटेडलाई हकप्रद निष्काशन गर्न अनुमति दिएको छ। दोस्रो बजार न्यून भएको अपी पावर कम्पनीको सेयर मूल्य अहिले लगातार बढिरहेको छ।

images
images
images

आयोगले माघ १२ गते कम्पनीलाई हकप्रद निष्काशन गर्न पूर्व स्वीकृति प्रदान गरेको हो। कम्पनीको पछिल्लो समय बढेर २९१ रुपैयाँ पुगेको छ। १०० कित्ता सेयर हुने लगानीकर्ताले ४० कित्तामा आवेदन दिन पाउने छन्। 

कम्पनीले माघ ३ गते हकप्रद सेयर निष्काशन गर्न साधारण सभामा प्रस्ताव लैजना पूर्व स्वीकृतिको लागि निवेदन पेश गरेको थियो। उक्त निवेदनको आधारमा कम्पनीलाई आयोगले हकप्रद सेयर निष्काशन गर्न अनुमति दिएको हो।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत अर्थात १० कित्ता शेयर बराबर नयाँ ४ कित्ता सेयर अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको थियो।

कम्पनीले हाल सञ्चालन गरी विद्युत उत्पादन गरिरहेको आयोजनाहरुको ऋणमोचन गर्न हकप्रद सेयर निष्काशन गर्न लागेको हो।

कम्पनीले हाल ८.५ मेगावाटको गौगड गाढ जलविद्युत आयोजना, ८ मेगावाटको अप्पर नौगड गाढ जलविद्युत आयोजना, ४ मेगावाटको चन्द्रनिगाहपुर सौर्य विद्युत आयोजना र १–१ मेगावाटको ढल्केबर सौर्य विद्युत आयोजना र सिमरा सौर्य विद्युत आयोजना सञ्चालन गरिरहेको छ। यी आयोजना सञ्चालन गर्न कम्पनीले कुल १ अर्ब ६८ करोड ५५ लाख ७४ हजार ६५ रुपैयाँ ४३ पैसा ऋण लिएको छ।

images

प्रकाशित : आइतबार, माघ १५ २०७९०५:५२

प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ