बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

सुधारको अपेक्षाविपरित सेयर बजारमा निरन्तर उतारचढाव

आइतबार, माघ १५ २०७९
सुधारको अपेक्षाविपरित सेयर बजारमा निरन्तर उतारचढाव

काठमाडौं- सुधारको आश गरिएको सेयर बजारमा निरन्तर उतारचढाव देखिएको छ। केही ठूला लगानीकर्ताको वरपर रहने बजारमा पुन: चलखेल देखिन थालेको विश्लेषकहरू बताउँछन्। 

नयाँ सरकार गठन भएसँगै विश्वासको वातावरण देखिएको भनिएको सेयर बजारमा सुधारका बीच उतारचढाव भइरहेको देखिन्छ। अहिलेको अवस्थामा अब सरकारले लिने नीतिपछि मात्रै विश्वासयोग्य सुधारको अपेक्षा गर्न सकिने विश्लेषकहरूको भनाइ छ।  

यो साता पहिलो कारोबारमा आइतबार १४.६८ अंकको गिरावटसँगै बजार २१६८.५३ बिन्दुमा झरेको छ। ४८ कम्पनीको सेयर मूल्य बढेको बजारमा ३ अर्बभन्दा बढी रुपैयाँको कारोबार भएको छ। 

गएको साताको पहिलो कारोबारमा सोमबार १३.७१ अंकले घटेर बजार २१६५.१० बिन्दुमा झरेको थियो। मंगलबार सामान्य सुधार देखिएर बजार ८.१४ अं‌कले बढेर बजार २१७३.२४ बिन्दुमा पुगेको थियो। बुधबार १०.३७ अंकले बढेको बजार बिहीबार पुन: शून्य दशमलव ३५ अंकले घटेको थियो।

 


प्रकाशित : आइतबार, माघ १५ २०७९०९:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend