बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

दुई लघुवित्तले घोषणा गरे लाभांश

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, माघ १५ २०७९
दुई लघुवित्तले घोषणा गरे लाभांश

काठमाडौं- उपकार र सिभिल लघुवित्तले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेका छन्।

उपकार लघुवित्त वित्तीय संस्थाको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले ६५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। लघुवित्तले ६१ दशमलव ७५ प्रतिशत बोनस सेयर र ३ दशमलव २५ प्रतिशत नगद गरी ६५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

सिभिल लघुवित्त वित्तीय संस्थाको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले ११ दशमलव ५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। लघुवित्तले ११ प्रतिशत बोनस सेयर र शून्य दशमलव ५८ प्रतिशत नगद गरी कूल ११ दशमलव ५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

लघुवित्तले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी साधारणसभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछ।

हिमालयनको हकप्रद 

हिमालयन उर्जा विकास कम्पनीले दुई सय प्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ। शुक्रबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १ः२ को अनुपात अर्थात् दुई सय प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो।

कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्रै हकप्रद सेयर निष्काशन हुनेछ। साथै, विद्युत् नियमन आयोग र नेपाल धितोपत्र बोर्डले पनि अनुमति दिनुपर्नेछ। रासस


प्रकाशित : आइतबार, माघ १५ २०७९०६:२९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend