काठमाडौं- साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य बढ्दा चाँदीको मूल्य भने घटेको छ। शुक्रबारको तुलनामा सुन प्रतितोला २ सय रुपैयाँ बढ्दा चाँदीको मूल्य भने १५ रुपैयाँ घटेको हो।
शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ५ हजार ८ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो। आइतबारका लागि छापावाल सुनको मूल्य तोलामा २ सय रुपैयाँ बढेर १ लाख ६ हजार रुपैयाँ कायम भएको छ।
यता चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँ घटेको हो। आइतबारका लागि चाँदीको मूल्य १३ सय ६५ रुपैयाँ तोकिएको छ। शुक्रबार चाँदी प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।