बुधबार, वैशाख १२ गते २०८१    
images
images

सरकारी वेबसाइट डाउन, अन्तर्राष्ट्रिय उडान तीन घण्टादेखि प्रभावित

images
बिजनेस न्युज
images
images
सरकारी वेबसाइट डाउन, अन्तर्राष्ट्रिय उडान तीन घण्टादेखि  प्रभावित

वेबसाइट डाउन हुँदा कतिपय अत्यावश्यक सेवा प्रभावित भएका छन्। 

images
images

काठमाडौं- सरकारी वेबसाइट डाउन भएका छन्। नेपाल सरकारका मन्त्रालय, विभाग तथा अन्य निकायका वेबसाइट डाउन भएका हुन्। 

images
images
images

वेबसाइट डाउन हुँदा कतिपय अत्यावश्यक सेवा प्रभावित भएका छन्। 

images

सबैभन्दा धेरै विमान्थलमा  सेवा प्रभावित भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान भद्रगोल भएको छ। अध्यागमन विभागको वेबसाइट डाउन हुँदा उडान रोकिएका छन् भने यात्रुहरू अलपत्र परेका छन्। 

images

विमानस्थलको सेवा प्रभावित भएर कयौं यात्रुको उडान छुटेको मात्र होइन यात्रा योजना नै प्रभावित भएको छ। अध्यागमनको सर्भरमा समस्या आएको र बैकल्पिक बाटो नहुँदा उडानमा समस्या देखिएको विमानस्थल प्रमुख प्रेमनाथ ठाकुरले जानकारी दिए। 

images
images

१ बजेदेखि समस्या देखिएपछि अहिले अध्यागमनले म्यानुअलमा काम गर्न तयार भएपछि उडान सुरु हुन लागेको उनले जानकारी दिए। 

आज दिउँसोदेखि सरकारी वेबसाइट प्राय सबै डाउन भएका छन्। जीओभी डोमेन अन्तर्गत रहेका सबै वेबसाइट डाउन भएका छन्। 

सरकारी वेबसाइटको व्यवस्थापन गर्ने राष्ट्रिय सूचना प्रविधि केन्द्रले सबै नभइ केही सरकारी वेबसाइटको सर्भरमा समस्या देखिएको जानकारी दिएको छ। 

केन्द्रका प्रमुख प्रदीप शर्माले फायरवालमा समस्या देखिएको र अहिले समाधानका लागि प्राविधिक समूहले काम गरिरहेको जानकारी दिए। 

'हामीले १ बजेतिरमात्र समस्याका बारेमा जानकारी पायौं। अहिले विशेषगरि विमानस्थलको सर्भरलाई अर्को आइपीमा राखेर समाधान गर्ने प्रयास गरिरेहका छौं' 

 

images

प्रकाशित : शनिबार, माघ १४ २०७९०९:५०
प्रतिक्रिया दिनुहोस