बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

युनाइटेड मर्दीमा ‘कर्नरिङ’ को आशंका, साना लगानीकर्ता पर्न सक्छन् मारमा

शनिबार, माघ १४ २०७९
युनाइटेड मर्दीमा ‘कर्नरिङ’ को आशंका, साना लगानीकर्ता पर्न सक्छन् मारमा

काठमाडौं- युनाइटेड इदी–मर्दी एन्ड आर वि हाइड्रोपावर लिमिटेडको सेयर कारोबारमा लगातार बढिरहेको छ। वित्तीय विवरणमा खासै प्रगति नगरेको कम्पनीको सेयर खरिद बिक्रीमा कर्नरिङ भएको आंशका गरिएको छ।

विगतमा लगातार सर्किट लागेर ११५० रुपैयाँसम्म पुगेको थियो। घटेर ३९० रुपैयाँमा झरेको कम्पनीको सेयर मूल्य पुन बढेर ५५१ रुपैयाँ पुगेको छ। बिहीबार पनि ४६ हजार कित्ता कारोबार भएको छ। कम्पनीको बिहीबार पनि २९.९० रुपैयाँ बढेको थियो।

uni.JPG

कम्पनीको प्रतिसेयर आम्दानी २२ रुपैयाँ रहेको छ। पीई रेसियो २४.६० गुणा रहेको छ। बुक भ्यालु ११८ रुपैयाँ रहेको छ। गत वर्ष कम्पनीले १० प्रतिशत लाभांश वितरण गरेको थियो।

यसको मूल्य बढेको यो हाइड्रोपावरको विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ। यो कम्पनीको सेयरमा ठूला लगानीकर्ताको चलखेलका कारण अहिले कर्नरिङ भएको लगानीकर्ताको दाबी छ। 

एकै कम्पनीको हातमा ७० प्रतिशतभन्दा बढी सेयर भइसकेको लगानीकर्ताहरूको दाबी छ। कर्नरिङ गर्नेहरुले साना लगानीकर्तालाई महंगो बिक्री गराएर ठूला लगानीकर्ता कर्नरिङ गर्नेहरु बाहिरिने तयारीमा रहेका छन्। जसका कारण सेयर मूल्यमा लगातार बढीरहेको छ। 

नेप्सेमा ४२ लाख कित्ता सेयर सूचीकृत भएको कम्पनीको चुक्ता पुँजी ४२ करोड रुपैयाँ रहेको छ। विद्युत  बिक्रीबाट कम्पनीले गत वर्ष  १० करोड ६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। गत वर्षको सोहि अवधिसम्म कम्पनीले विद्युत बिक्रीबाट ७ करोड ८४ लाख रुपैयाँ आर्जन गरेको थियो। 


प्रकाशित : शनिबार, माघ १४ २०७९०१:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend