बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

वैदेशिक रोजगारमा रहेका नेपालीलाई बीपीडब्लू लघुवित्तको आईपीओ आउँदै

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, माघ १३ २०७९
वैदेशिक रोजगारमा रहेका नेपालीलाई बीपीडब्लू लघुवित्तको आईपीओ आउँदै

काठमाडौं- बीपीडब्लू लघुवित्त वित्तीय संस्था लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण सेयर निष्कासन गर्ने भएको छ।

कम्पनीले यही माघ २२ गतेदेखि नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरिरहेका नेपालीका लागि साधारण सेयर बिक्री गर्ने भएको हो। उक्त कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अङ्कित दरका नौ हजार सात सय कित्ता साधारण सेयर प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्ने सार्वजनिक आह्वानपत्रमा उल्लेख छ। 

निष्कासित सेयरमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आगामी फागुन ८ गतेसम्म अधिकतम एक हजार कित्तासम्म सेयर खरिदका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ भने कम्पनीलाई इक्रा नेपालले ‘इक्राएन्पी आइआर बिबी माइनस’ प्रमाणपत्र प्रदान गरेको छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयबाट ‘सी आस्वा’ प्रणालीअनुसार तथा अनलाइनमार्फत ‘मेरो सेयर’ प्रयोग गरेर सेयर खरिदको आवेदन दिन सक्नेछन्। रासस  


प्रकाशित : शुक्रबार, माघ १३ २०७९०६:५२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend