शुक्रबार, वैशाख १४ गते २०८१    
images
images

माया खोला हाइड्रोपावरको आईपीओ खुल्यो, वैदेशिक रोजगारीमा रहेकालाई २ लाख ४० हजार कित्ता

images
बिजनेस न्युज
images
images
माया खोला हाइड्रोपावरको आईपीओ खुल्यो, वैदेशिक रोजगारीमा रहेकालाई २ लाख ४० हजार कित्ता
images
images

काठमाडौं- माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयरको निष्कासन तथा बिक्री खुला गरेको छ।

images
images
images

कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आजदेखि प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ)का बिक्री खुला गरेको हो।

images

जारी पुँजी एक अर्बको ३४ प्रतिशत बराबरको ३४ लाख कित्ता साधारण सेयरमध्ये आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि १० लाख कित्ता सेयर निष्कासन गरी बाँडफाँट गरिसकिएको छ। 

images

दुई लाख ४० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि, एक लाख २० हजार कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको र ४८ हजार कित्ता कर्मचारीलाई छुट्याइएको छ। बाँकी १९ लाख ९२ हजार कित्ता सेयर प्रतिकित्ता एक सय रुपैयाँका दरले सर्वसाधारणलाई निष्कासन गर्न लागिएको कम्पनीले जनाएको छ।

images
images

लगानीकर्ताले यही माघ १७ सम्म आवेदन दिन सक्नेछन्। सो अवधिमा माग बमोजिम आवेदन नपरे माघ २७ सम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्ता खरिदका लागि आवेदन दिन सकिने छ। 

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट ‘सी–आस्वा’ प्रणालीमार्फत र ‘मेरो सेयर’बाट आवेदन दिने सकिने जनाएको छ। 

कम्पनीले सङ्खुवासभाको धर्मदेवी नगरपालिकाको माया खोलामा १४ दशमलव नौ मेगावाट क्षमताको मायाखोला जलविद्युत् आयोजना निर्माण गरेको छ। रासस

images

प्रकाशित : शुक्रबार, माघ १३ २०७९०६:३६
प्रतिक्रिया दिनुहोस