शनिबार, वैशाख ८ गते २०८१    
images
images

प्रभु बैंकको सीईओमा शेरचन पुन: नियुक्त

images
बिजनेस न्युज
images
प्रभु बैंकको सीईओमा शेरचन पुन: नियुक्त
images
images

काठमाडौँ- प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा अशोक शेरचन नियुक्त भएका छन् । शेरचन यसअघि पनि दुई कार्यकाल सिइओ भइसकेका छन् । 

images
images
images

बिहीबार बसेको सञ्चालक समिति बैठकले उनलाई सिइओमा नियुक्त गरेको हो। सेञ्चुरी कमर्सियल बैंक गाभिने क्रममा शेरचन नै सीईओ हुने सहमति भएको थियो। उनलाई पुनः चारवर्षे कार्यकालका लागि पुनः नियुक्त गरिएको हो। यसअघि उनी ०७५ माघमा सीईओ नियुक्त भएका थिए।

images

सन् १९९५ सालमा नेपाल क्रेडिट एण्ड कमर्स बैंकबाट बैंकिङ करिअर सुरु गरेका शेरचनसँग २७ वर्षको बैंकिङ अनुभव छ। उनी सन् २००७ मा प्रभु फाइनान्सको सीईओ बनेका थिए। तत्कालिन प्रभु फाइनान्स र प्रभु विकास बैंक मर्ज भएपछि बैंकको सीईओको जिम्मेवारी शेरचनले नै पाएका हुन्।

images

जेनिथ फाइनान्स, गौरीशङ्कर डेभलपमेन्ट बैंक र किस्ट बैंकलाई प्राप्तिपश्चात् पनि शेरचन नै बैंकको सीईओ भएका थिए। प्रभु विकास बैंकको सीईओ हुँदै प्रभु बैंकको सीईओ भएका हुन्। आगामी १८ गतेदेखि उनले तेस्रो कार्यकाल सुरु गर्नेछन्।

images
images

images

प्रकाशित : बिहीबार , माघ १२ २०७९०४:२९
प्रतिक्रिया दिनुहोस