बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

प्रभु बैंकको सीईओमा शेरचन पुन: नियुक्त

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , माघ १२ २०७९
प्रभु बैंकको सीईओमा शेरचन पुन: नियुक्त

काठमाडौँ- प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा अशोक शेरचन नियुक्त भएका छन् । शेरचन यसअघि पनि दुई कार्यकाल सिइओ भइसकेका छन् । 

बिहीबार बसेको सञ्चालक समिति बैठकले उनलाई सिइओमा नियुक्त गरेको हो। सेञ्चुरी कमर्सियल बैंक गाभिने क्रममा शेरचन नै सीईओ हुने सहमति भएको थियो। उनलाई पुनः चारवर्षे कार्यकालका लागि पुनः नियुक्त गरिएको हो। यसअघि उनी ०७५ माघमा सीईओ नियुक्त भएका थिए।

सन् १९९५ सालमा नेपाल क्रेडिट एण्ड कमर्स बैंकबाट बैंकिङ करिअर सुरु गरेका शेरचनसँग २७ वर्षको बैंकिङ अनुभव छ। उनी सन् २००७ मा प्रभु फाइनान्सको सीईओ बनेका थिए। तत्कालिन प्रभु फाइनान्स र प्रभु विकास बैंक मर्ज भएपछि बैंकको सीईओको जिम्मेवारी शेरचनले नै पाएका हुन्।

जेनिथ फाइनान्स, गौरीशङ्कर डेभलपमेन्ट बैंक र किस्ट बैंकलाई प्राप्तिपश्चात् पनि शेरचन नै बैंकको सीईओ भएका थिए। प्रभु विकास बैंकको सीईओ हुँदै प्रभु बैंकको सीईओ भएका हुन्। आगामी १८ गतेदेखि उनले तेस्रो कार्यकाल सुरु गर्नेछन्।


प्रकाशित : बिहीबार , माघ १२ २०७९१६:२९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend