बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

भारतबाट थप २ लाख टन गहुँ आयातका लागि पहल गर्न उद्योगीको माग 

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , माघ १२ २०७९
भारतबाट थप २ लाख टन गहुँ आयातका लागि पहल गर्न उद्योगीको माग 

भारत सरकारले अहिले नेपालका लागि ५० हजार टन गहुँ निर्यात गर्ने बाटो खोलिदिएको छ। यसले अपुग हुने उद्योगीहरूले बताएका छन्। 

काठमाडौं- नेपालका मैदा मिल सञ्चालकहरूले सरकारसँग भारतबाट थप गहुँ आयातका लागि पहल गर्न माग गरेका छन्। 

अहिले भारत सरकारले दिएको ५० हजार टन गहुँले माग धान्न नसक्ने भएकाले नेपाली गहुँ उत्पादन नहुँदासम्मका लागि थप २ लाख टन गहुँ आयातका लागि पहल गर्न उनीहरूले सरकारसँग माग गरेका हुन्। 

नेपाल फ्लोर मिल्स एससोसिएसनले अहिले मौजदात गहुँले बजारको माग धान्न कठिन भएको र यसका कारणले मैदासँग सम्बन्धित उद्योग, होटल तथा रेष्टुरेन्टलाई असर गर्ने अवस्था आएको जानकारी गराएको छ। 

भारत सरकारले अहिले नेपालका लागि ५० हजार टन गहुँ निर्यात गर्ने बाटो खोलिदिएको छ। यसले अपुग हुने उद्योगीहरूले बताएका छन्। 

प्रकाशित : बिहीबार , माघ १२ २०७९१२:२७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend