बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

साताभर उही बिन्दु वरपर सेयर बजार, देखिएन अपेक्षाकृत सुधार

बिहीबार , माघ १२ २०७९
साताभर उही बिन्दु वरपर सेयर बजार, देखिएन अपेक्षाकृत सुधार

काठमाडौं- गएको सातादेखि नै उतारचढावमा देखिएको सेयर बजारमा यो साता पनि उल्लेख्य सुधार हुन सकेन। नयाँ सरकार गठन भएसँगै विश्वासको वातावरण देखिएको भनिएको सेयर बजारमा सुधारका बीच उतारचढाव भइरहेको देखिन्छ।

यो साताको पहिलो कारोबारमा सोमबार १३.७१ अंकले घटेर बजार २१६५.१० बिन्दुमा झरेको थियो। मंगलबार सामान्य सुधार देखिएर बजार ८.१४ अं‌कले बढेर बजार २१७३.२४ बिन्दुमा पुगेको थियो। बुधबार १०.३७ अंकले बढेको बजार बिहीबार पुन: शून्य दशमलव ३५ अंकले घटेको छ।

बिहीबार शून्य दशमलव ३५ अंकले घटेर बजार २१८३.२७ बिन्दुमा झरेको छ। १०१ कम्पनीको सेयर मूल्य बढेको बजारमा २ अर्ब ८६ करोड रुपैयाँको कारोबार भएको छ। 

केही ठूला लगानीकर्ताको चलखेल हो या बजारले नयाँ गति समात्ने बाटो देखाएको हो भन्ने यकिन आधार देखिँदैन। अहिलेको अवस्थामा अब सरकारले लिने नीतिपछि मात्रै विश्वासयोग्य सुधारको अपेक्षा गर्न सकिने विश्लेषकहरूको भनाइ छ।  

 


प्रकाशित : बिहीबार , माघ १२ २०७९०९:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend