आइतबार, असार ८ गते २०८२    
आइतबार, असार ८ २०८२
images
images

इँटाको विकल्प 'हलोब्रिक', ५ प्रतिशत प्रयोग हुँदा ५ अर्बको कोइला बचत हुने 

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , माघ १२ २०७९
images
images
इँटाको विकल्प 'हलोब्रिक',  ५ प्रतिशत प्रयोग हुँदा ५ अर्बको कोइला बचत हुने 

राजदूत डेप्रेजले किफायती, बलियो र सस्तो घर निर्माण गर्नका लागि हलो ब्रिक प्रविधि निकै उपयोगी हुने र यसले ऊर्जा दक्षताको अभिवृद्धिमा सहयोग पुग्ने भएकाले यस प्रविधिको विकास र विस्तारमा जोड दिनुपर्ने धारणा राखे।

images
images

पाटन- भवन तथा अन्य पूर्वाधार निर्माणमा प्रयोग हुने इँटाको सट्टा हलो ब्रिक (प्लाल भएको इँटा) आर्थिक हिसाबले सस्तो, वातावरणमैत्री र प्रयोग गर्न सजिलो हुने भएकाले यसको प्रयोगमा जोड दिन थालिएको छ। 

images
images
images

युरोपियन युनियनको सहयोगमा स्वीच एशिया ग्रान्टस प्रोग्राममार्फत बिल्डिङ इनर्जी इफिसियन्सी इन नेपाल परियोजनाले नेपालमा पनि यो प्रविधिको सुरुआत गरिएको छ।

images
images

ललितपुर महानगरपालिका–२९ हरिसिद्धिस्थित होसन्ना चिम्नी इँट्टा उद्योगमा उत्पादन गरिएको हलो ब्रिक प्रविधिका बारेमा महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, नेपालका लागि युरोपियन युनियनका राजदूत नोना डेप्रेजलगायत विभिन्न सरोकारवाला निकायका प्रतिनिधिलाई स्थलगत अवलोकन गराइएको थियो। उद्योगका सञ्चालक कृष्ण अवालले हलो ब्रिक उत्पादनको प्रक्रिया, अवस्थाका बारेमा जानकारी दिएका छन्। 

images
images
images

सो अवसरमा नगर प्रमुख महर्जनले वातावरणीय र आर्थिक हिसाबले यो प्रविधि निकै उपयोगी रहेको बताउँदै यसको प्रवद्र्धनका लागि महानगरले आवश्यक नीतिगत व्यवस्था गर्ने बताए। उहले सन् २०१२ मा बखुण्डोलमा आफूले घर निर्माण गर्दा नै हलो ब्रिक प्रयोग गरेको उल्लेख गर्दै महानगरपालिकाले निर्माण गरिरहेको नयाँ भवनमा पनि यस प्रविधिको प्रयोग गर्ने जानकारी दिए। 

राजदूत डेप्रेजले किफायती, बलियो र सस्तो घर निर्माण गर्नका लागि हलो ब्रिक प्रविधि निकै उपयोगी हुने र यसले ऊर्जा दक्षताको अभिवृद्धिमा सहयोग पुग्ने भएकाले यस प्रविधिको विकास र विस्तारमा जोड दिनुपर्ने धारणा राखे। उनले यो परियोजनाले उत्पादक, प्रयोगकर्ता र विभिन्न सङ्घसंस्थालाई सहयोग पुग्ने बताए। 

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रकी सहायक निर्देशक शुभलक्ष्मी श्रेष्ठले गुणस्तर मापन गरी छिट्टै प्रयोगमा ल्याउन आवश्यक रहेको बताइन्। 
इँटाभट्टा महासङ्घका अध्यक्ष शङ्करबहादुर चन्दले हलो ब्रिकको प्रयोगका लागि नीतिगत तहबाट नै कार्यान्वयनमा ल्याइनुपर्ने धारणा राखे। 

बिल्डिङ इनर्जी इफिसियन्सी इन नेपाल परियोजनाका टिम लिटर सुयस प्रजापतिले १५ प्रतिशतको हलो ब्रिक्सको प्रयोगले कोइला खपतमा मात्र वार्षिक पाँच अर्ब बचत हुने बताए। हाल नेपालमा एक हजार तीन सय ५० वटा इँटा उद्योगबाट कोइला खरिदका लागि वार्षिक २५ अर्ब रुपैयाँ विदेशिएको तथ्य सार्वजनिक गरे। 

उनका अनुसार यस्तो इँटामा इन्सुसलेशन हुनेहुँदा घर बाहिरको तापक्रम धेरै हुँदा पनि भित्र चिसो राख्न र बाहिर चिसो हुँदा घरभित्रको तापक्रम सन्तुलित हुन्छ भने यसको तौल हल्का हुँदा घरको भार कम हुने बताइएको छ। यसमा फलामे डण्डीको प्रयोग धेरै नहुने हुँदा घर निर्माण गर्दा लाग्ने लागत पनि कम हुनुको साथै यसमा माटोको प्रयोग कम हुँदा कोइलाको खपत पनि स्वतः कम हुँदा इँटाभट्टाबाट हुने प्रदूषण पनि कम हुन्छ। रासस


प्रकाशित : बिहीबार , माघ १२ २०७९०८:२०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend