बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

दुई लघुवित्तले घोषणा गरे लाभांश

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , माघ १२ २०७९
दुई लघुवित्तले घोषणा गरे लाभांश

काठमाडौं- दुई लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेका छन्। यही माघ ११ गते बसेको स्वाभिमान लघुवित्त वित्तीय संस्था र सबैको लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितको बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेका हुन्। 

स्वाभिमान लघुवित्तले शेयरधनीलाई २० प्रतिशत बोनस र १ दशमलव ०५ प्रतिशत नगद  गरी २१ दशमलव ०५ प्रतिशत लाभांश घोषणा गरेको छ। लघुवित्तको चुक्ता पुँजी १२ करोड १७ लाख ८२ हजार १५० छ। 

साथै सबैको लघुवित्त वित्तीय संस्थाले १८ प्रतिशत बोनस र शून्य दशमलव ९४ प्रतिशत नगद गरी १८ दशमलव ९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। लघुवित्तको चुक्ता पुँजी २७ करोड छ। 

दुबै लघुवित्तले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी वार्षिक साधारणसभाले पारित गरेपछि वितरण गरिनेछ। रासस


प्रकाशित : बिहीबार , माघ १२ २०७९०७:०४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend