शुक्रबार, चैत १६ गते २०८०    
images
images

दुई लघुवित्तले घोषणा गरे लाभांश

images
बिजनेस न्युज
images
दुई लघुवित्तले घोषणा गरे लाभांश
images
images

काठमाडौं- दुई लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेका छन्। यही माघ ११ गते बसेको स्वाभिमान लघुवित्त वित्तीय संस्था र सबैको लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितको बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेका हुन्। 

images
images
images

स्वाभिमान लघुवित्तले शेयरधनीलाई २० प्रतिशत बोनस र १ दशमलव ०५ प्रतिशत नगद  गरी २१ दशमलव ०५ प्रतिशत लाभांश घोषणा गरेको छ। लघुवित्तको चुक्ता पुँजी १२ करोड १७ लाख ८२ हजार १५० छ। 

images

साथै सबैको लघुवित्त वित्तीय संस्थाले १८ प्रतिशत बोनस र शून्य दशमलव ९४ प्रतिशत नगद गरी १८ दशमलव ९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। लघुवित्तको चुक्ता पुँजी २७ करोड छ। 

images
images

दुबै लघुवित्तले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी वार्षिक साधारणसभाले पारित गरेपछि वितरण गरिनेछ। रासस

images

प्रकाशित : बिहीबार , माघ १२ २०७९०७:०४
प्रतिक्रिया दिनुहोस
images
ट्रेन्डिङ