शुक्रबार, चैत १६ गते २०८०    
images
images

कनेक्ट आईपीएसको भुक्तानी शुल्क घट्यो

images
बिजनेस न्युज
images
कनेक्ट आईपीएसको भुक्तानी शुल्क घट्यो

त्यस्तै १० हजार माथि २० लाख रुपैयाँसम्म पाँच रुपैयाँमात्र शुल्क लाग्ने छ। 

images
images

काठमाडौं- नेपाल क्लियरिङ हाउसको भुक्तानी शुल्क घटेको छ। 

images
images
images

कम्पनीले विभिन्न प्रकारका भुक्तानीमा लिँदै आएको शुल्क घटाउने निर्णय गरेको हो। कम्पनीले कनेक्ट आईपीएस मार्फत् विभिन्न भुक्तानी सेवा दिँदै आएको छ। 

images

कम्पनीले दिने मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ, कनेक्नट आईपीएस, कर्पोरेट पे लगायतका माध्यमबाट गरिने भुक्तानीमा शुल्क घटेको हो। कम्पनीका अनुसार १० हजार रुपैयाँसम्मको भुक्तानीमा २ रुपैयाँ मात्र शुल्क लाग्ने छ। 

images
images

त्यस्तै १० हजार माथि २० लाख रुपैयाँसम्म पाँच रुपैयाँमात्र शुल्क लाग्ने छ। 

यसअघि १० हजार रुपैयाँसम्म ४ रुपैयाँ थियो भने २० लाखसम्मको भुक्तानीमा ८ रुपैयाँ शुल्क थियो। 

नेपाल क्लियरिङ हाउस बैंक तथा वित्तीय संस्थाहरू र नेपाल राष्ट्र बैंकको अग्रसरतामा स्थापना भएको कम्पनी हो। डिजिटल भुक्तानीलाई सरल, सस्तो र पहुँचयुक्त बनाउनका लागि स्थापना गरिएको यो कम्पनीले भुक्तानी सेवालाई अझै सस्तो बनाउँदै जाने प्रतिबद्धतता गरेको छ। 

 

images

प्रकाशित : बिहीबार , माघ १२ २०७९०५:०१
प्रतिक्रिया दिनुहोस
images
ट्रेन्डिङ