बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

कनेक्ट आईपीएसको भुक्तानी शुल्क घट्यो

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , माघ १२ २०७९
कनेक्ट आईपीएसको भुक्तानी शुल्क घट्यो

त्यस्तै १० हजार माथि २० लाख रुपैयाँसम्म पाँच रुपैयाँमात्र शुल्क लाग्ने छ। 

काठमाडौं- नेपाल क्लियरिङ हाउसको भुक्तानी शुल्क घटेको छ। 

कम्पनीले विभिन्न प्रकारका भुक्तानीमा लिँदै आएको शुल्क घटाउने निर्णय गरेको हो। कम्पनीले कनेक्ट आईपीएस मार्फत् विभिन्न भुक्तानी सेवा दिँदै आएको छ। 

कम्पनीले दिने मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ, कनेक्नट आईपीएस, कर्पोरेट पे लगायतका माध्यमबाट गरिने भुक्तानीमा शुल्क घटेको हो। कम्पनीका अनुसार १० हजार रुपैयाँसम्मको भुक्तानीमा २ रुपैयाँ मात्र शुल्क लाग्ने छ। 

त्यस्तै १० हजार माथि २० लाख रुपैयाँसम्म पाँच रुपैयाँमात्र शुल्क लाग्ने छ। 

यसअघि १० हजार रुपैयाँसम्म ४ रुपैयाँ थियो भने २० लाखसम्मको भुक्तानीमा ८ रुपैयाँ शुल्क थियो। 

नेपाल क्लियरिङ हाउस बैंक तथा वित्तीय संस्थाहरू र नेपाल राष्ट्र बैंकको अग्रसरतामा स्थापना भएको कम्पनी हो। डिजिटल भुक्तानीलाई सरल, सस्तो र पहुँचयुक्त बनाउनका लागि स्थापना गरिएको यो कम्पनीले भुक्तानी सेवालाई अझै सस्तो बनाउँदै जाने प्रतिबद्धतता गरेको छ। 

 


प्रकाशित : बिहीबार , माघ १२ २०७९०५:०१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend