बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

कर्जाको ब्याजदर कुनै एउटा बैंक तथा वित्तीय संस्था वा नियमनकारी निकायको मात्र नियन्त्रणमा हुँदैन : चन्द्र ढकाल

बुधबार, माघ ११ २०७९
कर्जाको ब्याजदर कुनै एउटा बैंक तथा वित्तीय संस्था वा नियमनकारी निकायको मात्र नियन्त्रणमा हुँदैन : चन्द्र ढकाल

इटहरी- ग्लोबल आईएमई बैंकका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य बैंकमा वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले कर्जाको ब्याजदर कुनै एउटा बैंक तथा वित्तीय संस्था वा नियमनकारी निकायको मात्र नियन्त्रमा नहुने बताएका छन्। इटहरी उद्योग वाणिज्य संघको २३औँ र २४औँ वार्षिक साधारणसभालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै ढकालले यस्तो बताएका हुन्।

'कर्जाको ब्याजदर कुनै बैंक, वित्तीय संस्था वा नियमनकारी निकायको मात्र नियन्त्रणमा हुँदैन। यसमा विभिन्न आन्तरिक तथा बाह्य विषय वस्तुहरुको प्रभाव रहन्छ। केही समय पहिलेको दुई/तीन प्रतिशतको निक्षेपको ब्याजदर अहिले १०/११ प्रतिशत पुगेको छ। त्यसैले कर्जाको ब्याजदर स्वतः बढेको हो,' ढकालले भने।

उनले आफूलाई बैंकले दिने प्रतिफलभन्दा अन्य व्यवसायमार्फत आउने प्रतिफल बढी भएको हुँदा बैंक ब्याजदर घट्दा आफूलाई पनि राहत पुग्ने बताए।

'म कुनै एउटा बैंकको सञ्चालक समितिको अध्यक्ष हो। तर बैंकको शेयरको तुलनामा अन्य व्यवसायमा मेरो लगानी बढी छ। त्यसैले बैंकले दिने प्रतिफल भन्दा अन्य व्यवसायबाट आउने प्रतिफल धेरै बढी हुन्छ। ब्याजदर घट्दा मलाई पनि राहत हुन्छ,' उनले भने।

उनले केही व्यवसायीहरुले चुनावी एजेण्डा बनाउन खोज्दा बैंक र व्यवसायीबीचको दूरि बढेको समेत उल्लख गरे।

ढकालले राज्यको प्राथमिकता र आम जनतालाई सेवा पुग्ने व्यवसाय जसले नाफा सृजना गर्न सक्छ त्यस्तो व्यवसाय सधै सफल हुने बताए।

'मैले व्यवसाय गर्दा तीनवटा कुराहरुमा विशेष ध्यान दिने गरेको छु। पहिलो राज्यको प्राथमिकताको क्षेत्र, दोस्रो आम जनतालाई सेवा प्रदान गर्ने व्यवसाय र तेस्रो आर्थिकरुपमा सम्भावना रहेको क्षेत्र,' उनले भने।

उनले आफूहरुले सातवटा प्रदेशमा सातवटा देखिने काम गर्ने उद्देश्यले काम गर्न खोजेको समेत स्पष्ट पारे।


प्रकाशित : बुधबार, माघ ११ २०७९१२:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend