बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

सेयर बजारमा लगातार देखियो सुधार, दोहोरो अंकले बढ्यो

बुधबार, माघ ११ २०७९
सेयर बजारमा लगातार देखियो सुधार, दोहोरो अंकले बढ्यो

काठमाडौं- गएको सातादेखि नै उतारचढावमा देखिएको सेयर बजारमा लगातार दुई कारोबारमा सामान्य सुधार आएको छ। नयाँ सरकार गठन भएसँगै विश्वासको वातावरण देखिएको भनिएको सेयर बजारमा सुधारका बीच उतारचढाव भइरहेको देखिन्छ।

यो साताको पहिलो कारोबारमा सोमबार १३.७१ अंकले घटेर बजार २१६५.१० बिन्दुमा झरेको थियो। मंगलबार सामान्य सुधार देखिएर बजार ८.१४ अं‌कले बढेर बजार २१७३.२४ बिन्दुमा पुगेको थियो। 

बुधबार १०.३७ अंकले बढेर बजार २१८३.६२ बिन्दुमा पुगेको छ। ३ अर्ब ४६ करोड रुपैयाँको कारोबार भएको बजारमा १५९ कम्पनीको सेयर मूल्य बढेको छ। 

केही ठूला लगानीकर्ताको चलखेल हो या बजारले नयाँ गति समात्ने बाटो देखाएको हो भन्ने यकिन आधार देखिँदैन। अहिलेको अवस्थामा अब सरकारले लिने नीतिपछि मात्रै विश्वासयोग्य सुधारको अपेक्षा गर्न सकिने विश्लेषकहरूको भनाइ छ।  


प्रकाशित : बुधबार, माघ ११ २०७९०९:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend