शुक्रबार, वैशाख ७ गते २०८१    
images
images

काठमाडौंको तारकेश्वरमा उच्च क्षमताको सवस्टेशन बनाउँदै प्राधिकरण

images
बिजनेस न्युज
images
काठमाडौंको तारकेश्वरमा उच्च क्षमताको सवस्टेशन बनाउँदै प्राधिकरण
images
images

काठमाडौं- काठमाडौं उपत्यकाको विद्युत् वितरण प्रणालीलाई व्यवस्थित बनाउने लक्ष्यका साथ नेपाल विद्युत् प्राधिकरणले काठमाडौंको तारकेश्वर नगरपालिकामा उच्च क्षमताको सवस्टेशन निर्माण गर्ने भएको छ। नियमित रुपमा उच्च भोल्टेजको बिजुली आपूर्ति गर्न तथा आकस्मिक रुपमा हुने विद्युत् विच्छेद जस्ता अवरोधलाई समेत न्यूनीकरण गर्न उक्त सवस्टेशन निर्माण गर्न लागिएको हो। 

images
images
images

प्राधिकरणले आगामी ३० वर्षसम्मको काठमाडौं उपत्यकाभित्रको बिजुलीको मागलाई सहजतापूर्वक सम्बोधन गर्ने तयारी गरिरहेको छ। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले त्यसका लागि काठमाडौंमा ‘रिङ सर्किट’ निर्माण गर्ने बताए। 

images

यस्तै उनले नदी किनारै किनार एक सय ३२ केभी क्षमताका प्रसारण लाइन बनाउने घोषणा गरिसक्नुभएको छ। सोही क्रममा काठमाडौं उपत्यका तीन जिल्ला र काभ्रेपलान्चोकमा समेत भरपर्दो तथा गुणस्तरीय बिजुली प्रवाहका लागि नयाँ सवस्टेशन निर्माण गर्न लागिएको हो। प्रसारण पूर्वाधार तथा सवस्टेशनको अभावमा काठमाडौंमा बाध्यकारी रुपमा लोडसेडिङ हुनसक्ने अवस्थाको सिर्जना भएको प्राधिकरणको भनाइ छ। 

images

उपत्यकाभित्र कूल ६६ केभीदेखि दुई सय २० केभी क्षमताका प्रसारण लाइन तथा सवस्टेशन निर्माण गर्नुपर्ने प्राधिकरणको भनाइ छ। यस्तै विद्यमान प्रसारण लाइन तथा सवस्टशेनको संरचनागत सुधार, स्तरोन्नति एवम् विस्तार गर्ने तयारी पनि तीव्र गतिमा अगाडि बढाइएको छ। 

images
images

यही क्रममा साविकको जितपुरफेदी गाविसको वडा नं ५ र गोलढुङ्गा गाविसको वडा नं ३ मा २२०/१३२/६६/११ केभी क्षमताको सवस्टेशन निर्माण गर्न लागिएको प्राधिकरणले जनाएको छ।

सो सवस्टेशन निर्माणका लागि आवश्यक पर्ने जग्गा प्राप्तिमा प्राधिकरणले आज सूचना प्रकाशित गरेको छ। जग्गा प्राप्ति ऐन, २०३४ को दफा नौ अनुसार कूल ६१ परिवारको जग्गा अधिग्रहण गर्नुपर्ने प्राधिकरणको सूचनामा उल्लेख छ। रासस

images

प्रकाशित : बुधबार, माघ ११ २०७९०८:२२
प्रतिक्रिया दिनुहोस