बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

एनआईसी एसिया बैंकको डिजिटल भुक्तानीबाट क्यान्सर सेन्टरमा १२ प्रतिशत छुट

बुधबार, माघ ११ २०७९
एनआईसी एसिया बैंकको डिजिटल भुक्तानीबाट क्यान्सर सेन्टरमा १२ प्रतिशत छुट

काठमाडौं- एनआईसी एसिया बैंकका ग्राहक महानुभावहरूलाई काठमाडौं क्यान्सर सेन्टरमा उपचार गरी डिजिटल भुक्तानी गर्दा १२ प्रतिशतसम्म छुट प्राप्त हुने भएको छ।

‘डिजिटल फष्ट बैंक’ बन्ने दीर्घकालीन लक्ष्यसहित डिजिटल बैंकिङ्गको प्रवद्र्धन गरिरहेको यस एनआईसी एसिया बैंकका ग्राहक महानुभावहरूलाई भक्तपुर स्थित ताथलीमा अवस्थित काठमाडौं क्यान्सर सेन्टरमा उपचार गराउँदा विभिन्न सेवाहरूमा १२ प्रतिशतसम्म छुट उपलब्ध गराउने भएको हो। 

सो सम्बन्धी समझदारीपत्रमा यस बैंकका तर्फबाट चिफ लाइफ स्टाइल बैंकिङ्ग युनिभर्स श्याम प्रसाद लामिछाने र सेन्टरका तर्फबाट अध्यक्ष प्रो. डा. अन्जनी कुमार झाले हस्ताक्षर गरेका छन्। 

उपचारमा ५/५ प्रतिशत छुट एवं अस्पतालले उपलब्ध गराउने अन्य जुनसुकै सेवामा १० प्रतिशत छुट प्राप्त गर्ने भएका छन्। साथै, यस बैंकका कर्मचारीलाई उक्त उपचारहरूमा थप १ प्रतिशत र अन्य जुनसुकै सेवामा थप २ प्रतिशत छुटको व्यवस्था अस्पतालले गरेको छ।

एन आई सी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जालहरू भएको बैंकहरू मध्येको बैंक हो। यस बैंकले मुलुकभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०६ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ।


प्रकाशित : बुधबार, माघ ११ २०७९०५:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend