बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

नबिल बैंकले ४१ हजार ४ सय १२ वर्गफुट क्षेत्रफलमा भव्य कार्यालय बनाउने

बुधबार, माघ ११ २०७९
नबिल बैंकले ४१ हजार ४ सय १२ वर्गफुट क्षेत्रफलमा भव्य कार्यालय बनाउने

काठमाडौं- नबिल बैंकले काठमाडौंको विशालनगरमा ४१ हजार ४ सय १२ दशमलव २५ वर्गफुट क्षेत्रफल जग्गामा मुख्य कार्यालय निर्माण गर्ने भएको छ। बैंकको मुख्य भवन निर्माण गर्न परियोजना व्यवस्थापन परामर्शदाता (पीएमसी) आवेदन माग गरेको छ। 

यसअघि नबिल बैंकको पहिलो मुख्य कार्यालय कमलादीमा रहेको थियो। कमलादीमा रहेको भवन सानो भएको भन्दै दोस्रो पटक दरबारमार्गमा सारेको थियो।

दरबारमार्गमा रहेको भवन पनि सानो भएको भन्दै बैंकले तेस्रो पटक मुख्य कार्यालय सार्ने भएको हो। नेपाल बङ्लादेश बैंकलाई प्राप्ति पश्चात् आएको जग्गामा निर्माण गर्ने भएको हो। परामर्शदाताले नै भवनको डिजाइन र लागत अनुमान गर्ने छ। 

तत्कालिन नेपाल बङ्गलादेश बैंकको नाममा रहेको जग्गामा उक्त भवन निर्माण गर्न लागिएको हो। बैंकले भवन भव्य र ठूलो बनाउने तयारी गरेको छ। जग्गा धेरै भएकोले सबै विभागहरु राख्ने गरी भवन निर्माणको तयारी गरिएको छ।

सूचना प्रकाशन भएको १५ दिन अर्थात् माघ २५ गतेसम्म बोलपत्र आवेदन दिन बैंकले आग्रह गरेको छ। भवन निर्माणको लागि आवश्यक प्रारम्भिक अनुमतिदेखि भवन निर्माणपश्चात् आवश्यक पर्ने कामहरु गर्नुपर्नेछ। सर्वेक्षण, प्राविधिक सम्भाव्यता, लेआउटरल्याण्डस्केप चयन, भू–प्राविधिक अध्ययन, भूकम्प र वातावरणीय अध्ययन र विस्तृत डिजाइन, परिमाण र लागत अनुमानलाई अन्तिम रूप दिनुपर्नेछ।

इच्छुक बोलपत्रदाताले विगत ५ वर्षमा कम्तिमा २ वटा व्यावसायिक भवन निर्माणका लागि पीएमसी गरेको हुनुपर्नेछ।

इच्छुक बोलपत्रदातासँग सिभिल कन्स्ट्रक्सन, इन्जिनियरिङ र आर्किटेक्चरल क्षेत्रमा कम्तिमा १० वर्षको अनुभव र विगत ५ वर्षमा कम्तिमा २ भवनको परियोजना व्यवस्थापन परामर्शदाताको रूपमा काम गरेको अनुभव भएको हुनुपर्नेछ। 


प्रकाशित : बुधबार, माघ ११ २०७९०४:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend