आइतबार, असार ८ गते २०८२    
आइतबार, असार ८ २०८२
images
images

चार गुणा बढ्यो विद्युतीय चुलोको आयात 

images
बुधबार, माघ ११ २०७९
images
images
चार गुणा बढ्यो विद्युतीय चुलोको आयात 

त्यस्तै यो वर्ष राइस कुकरको आयात पनि सामान्य वृद्धि भएको छ। यो वर्षको छ महिनामा  १ लाख ६५ हजार वटा राइस कुकर आयात भएको छ। 

images
images

काठमाडौं- चालु आर्थिक वर्षको छ महिनामा विद्युतीय चुलोको आयात चार गुणाले बढेको छ। 

images
images
images

भन्सार विभागका अनुसार साउनदेखि पुससम्म नेपालमा १ लाख ४२ हजार ८९० वटा विद्युतीय चुलोको आयात भएको छ। 

images
images

यो वर्षको आयात गत वर्षको यही अवधिको तुलनामा चार गुणा बढी हो। गत वर्षको यही अवधिमा ३२ हजार ४५६ वटा विद्युतीय चुलो नेपाल भित्रिएका थिए। 

images
images
images

बिजुलीबाट खाना पकाउन मिल्ने यस्ता चुलोको आयात पछिल्लो समय बढीरहेको छ। ग्यासको तुलनामा सस्तो हुने र बिजुलीको आपूर्ति पनि नियमित हुँदै गएपछि यस्ता चुलोतर्फ उपभोक्ता आकर्षित भइरहेका छन्। 

नेपालमा विशेषगरि इन्डक्सन र इन्फ्रारेड चुलो आयात हुन्छ। यो वर्षको छ महिनामा ८४ हजार २६० वटा इन्डक्सन चुलो आयात भएको छ भने ५८ हजार ६३० वटा इन्फ्रारेड चुलो आयात भएको छ। 

त्यस्तै यो वर्ष राइस कुकरको आयात पनि सामान्य वृद्धि भएको छ। यो वर्षको छ महिनामा  १ लाख ६५ हजार वटा राइस कुकर आयात भएको छ। 

बिजुलीबाट चल्ने भान्साका सामग्रीको आयातमा पछिल्लो समय सकारात्मक लय देखिएको छ। सरकारले विशेषगरि यस्ता सामग्रीको उपयोगमा प्रोत्साहन दिने नीति लिएको छ।  


प्रकाशित : बुधबार, माघ ११ २०७९०४:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend