शनिबार, साउन १२ गते २०८१    
images
images
images

दोस्रो बजारमा नबिल र एनआईसी एसिया बैंकको पहिलो बन्ने प्रतिस्पर्धा, कुन लगानीकर्तालाई के फाइदा?

images
बुधबार, माघ ११ २०७९
images
images
दोस्रो बजारमा नबिल र एनआईसी एसिया बैंकको पहिलो बन्ने प्रतिस्पर्धा, कुन लगानीकर्तालाई के फाइदा?
images

काठमाडौं- दुई ठूला वाणिज्य बैंक एनआईसी एसिया र नबिल बैंकबीच कुन अब्बल बन्ने प्रतिस्पर्धा छ। वित्तीय सूचकको प्रतिस्पर्धाले दोस्रो बजारमा समेत आकर्षक बनेका छन्। पछिल्लो समय लगातार वाणिज्य बैंक मध्येकै सबैभन्दा महंगो सेयर भएको बैंकमा एनआईसी एसिया परेको छ। 

images
images

दुई वर्षदेखि लाभांश दिन नपाएको एनआईसीले भविष्यमा धेरै लाभांश दिन सक्ने क्षमता बनाएकोले पनि लगानीकर्ता आकर्षित भएको देखिन्छ। यता नबिल बैंकको भने दोस्रो बजारमा आफ्नै ब्रान्ड छ। 

images

जुन बैंकमा लगानीकर्ता सदावाहार आकर्षित हुने गरेका छन्। चालु आर्थिक वर्षको पहिलो ६ महिनामा भने सबैभन्दा धेरै नाफा कमाउनेमा पुनः नबिल बैंक आएको छ। यता एनआईसी एसिया भने दोस्रो भएको छ। 

कुन बैंकको सूचक कस्तो?

images

एनआईसी एसिया

एनआईसी एसियाको मंगलबार दोस्रो बजारमा प्रतिकित्ता ८३२ रुपैयामा कारोबार भएको छ। लगातार बढेको सेयर मूल्य मंगलबार भने ३ रुपैयाँले घटेको छ। बैंकको ९० हजार कित्ता कारोबार भएको छ। पछिल्लो एकवर्षमा बैंकको सेयर मूल्य बढेर ८९० रुपैयाँसम्म पुगेको थियो। पछि घटेर ६०० सम्म आएको बैंकको सेयर मूल्य पछिल्लो सयम भने बढको छ। 

nica.JPG

एनआईसी एसिया बैंकले ६ महिनामा  ३ अर्ब २७ करोड रुपैयाँ नाफा गरेको छ। बैंकले दोस्रो त्रैमाससम्म उक्त नाफा गर्न सफल भएको हो। गतवर्षको तुलनामा ३६ प्रतिशतको वृद्धि हो। दोस्रो त्रयमाससम्ममा कर्जा व्यवसायतर्फ कुल कर्जा रकम २६६.६८ अर्ब पुर्याउन सफल भएको छ। साथै, निक्षेपतर्फ कुल निक्षेप संकलन ३०८.७० अर्ब पुर्याउन बैंक सफल भएको छ। 

यसैगरी बैंकको पुँजी प्रतिफल २४.७५ प्रतिशत रहेको छ। साथै यस बैंकले वार्षिक प्रति सेयर आम्दानी ५६.७७ आर्जन गर्न बैंक सफल भएको छ। स्व–पुँजीमा प्रतिफल र प्रति सेयर आम्दानी २२ वटै बाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको अनुमान बैंकले गरेको छ। बैंकले कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई निष्कृय कर्जा अनुपातलाई दोस्रो त्रयमाससम्ममा ०.६१ प्रतिशतमा सीमित राख्न बैंक सफल भएको छ।

नबिल बैंक 

नबिल बैंकको लगातार पहिलो नम्बरको ताज यतिवेला एनआईसीले खोसेको भएपनि पुनः सेयर मूल्य बढ्न थालेको छ। एकवर्ष अगाडि बढेर ११४९ रुपेयाँसम्म पुगेको बैंकको सेयर मूल्य ७०१ रुपैयाँमा झरेको थियो। पुनः बढेर मंगलबार ७१३ रुपैयाँमा कारोबार भएको छ। नबिलले लगानीकर्तालाई लगातार आकर्षक लाभांश दिइरहेको छ। गत वर्षको नाफाबाट पनि बैकले ३० प्रतिशत लाभांश वितरण गरिसकेको छ।

nabil 111.JPG

चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्म नबिल बैंकले ३ अर्ब ४१ करोड ७६ लाख ९८ रुपैयाँ नाफा कमाएको छ। जुन गत आवको सोही अवधिको तुलनामा ५६.६७ प्रतिशत बढी हो। 

गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब १८ करोड १४ लाख २० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। पुस मसान्तसम्म बैंकको वितरणयोग्य नाफा ९७ करोड १३ लाख ६९ हजार रुपैयाँ रहेको छ।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा आएको सुधारले नाफा बढेको छ। पुस मसान्तसमम बैंकको खुद ब्याज आम्दानी ८५.६३ प्रतिशतले बढेर ७ अर्ब ८३ करोड २९ लाख ५६ हजार रुपैयाँ पुगेको छ।

बैंकको सञ्चालन नाफा ५६.०७ प्रतिशतले बढेर ४ अर्ब ८६ करोड १७ लाख ९६ हजार रुपैयाँ पुगेको छ। बैंकको प्रतिसेयर आम्दानी २५ रुपैयाँ ३३ पैसा पुगेको छ भन् प्रतिसेयर नेटवर्थ १९९ रुपैयाँ १२ पैसा रहेको छ। २७ अर्ब ५ करोड ६९ लाख ९७ हजार रुपैयाँ चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा २५ अर्ब ५७ करोढ ४१ लाख ४० हजार रुपैयाँ रहेको छ।

३ खर्ब ४७ अर्ब ४६ करोड १६ लाख ६२ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ३ खर्ब १५ अर्ब ६४ करोड १५ लाख २९ हजार कर्जा लगानी गरेको छ।


प्रकाशित : बुधबार, माघ ११ २०७९०२:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend