बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

लाभांशपछि झनै झुम्मिए नेपाल टेलिकमको सेयरमा लगानीकर्ता, कति मूल्यसम्म पुग्ला?

मंगलबार, माघ १० २०७९
लाभांशपछि झनै झुम्मिए नेपाल टेलिकमको सेयरमा लगानीकर्ता, कति मूल्यसम्म पुग्ला?

काठमाडौं- नेपाल टेलिकमको सेयर मूल्य मंगलबार झनै उचालिएको छ। मंगलबार प्रतिकित्ता ३० रुपैयाँले बढेर ८८९ रुपैयाँमा कारोबार भएको छ। 

नेपाल टेलिकमले नाफाबाट सेयर धनीलाई वितरण गर्ने लाभांश पारित गरेर लगानीकर्ताको खातामा पठाइसकेको छ। कम्पनीले प्रतिसेयर ४० रुपैयाँ नगद लाभांश दिएको थियो।

यसको अर्थ एकसय कित्ता सेयर हुनेले ४ हजार नगद लाभांश पाएका छन्। मूल्य समायोजन भएर ८०० रुपैयाँमा आएपछि पुनः लगानीकर्ताले टेलिकमको सेयर खरिद गर्न थालेपछि मूल्य बढेको हो। 

ntc.JPG

गत वर्ष नगद २० प्रतिशत र बोनस सेयर २० प्रतिशत दिएको थियो। यो वर्ष भने कम्पनीले ४० प्रतिशत नगद लाभांश दिएको छ। 

कम्पनीले मंगलबार सबैभन्दा धेरै कारोबार हुने सूचीमा परेको छ। कम्पनीको १ लाख ४९ हजार कित्ता सेयर किनबेच हुँदा १२ करोड ९१ लाख रुपैयाँको सेयर कारोबार भएको छ।

कम्पनीको यसअघि सेयर मूल्य बढेर १७९९ रुपैयाँसम्म पुगेको थियो। पछि मूल्य समायोजन हुँदा ८०० रुपैयाँमा झरेको सेयर मूल्य अहिले पुनः बढ्न थालेको छ। यो बृद्धिले निरन्तरता पाउने आशामा लगानीकर्ता देखिएका छन्। जसका कारण सेयर मूल्य अझै माथि जाने अनुमान गरिएको छ।


प्रकाशित : मंगलबार, माघ १० २०७९१०:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend