बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

उतारचढाव भइरहेको सेयर बजारमा देखियो सामान्य सुधार, तीन अर्बको कारोबार

मंगलबार, माघ १० २०७९
उतारचढाव भइरहेको सेयर बजारमा देखियो सामान्य सुधार, तीन अर्बको कारोबार

काठमाडौं- गएको सातादेखि नै उतारचढावमा देखिएको सेयर बजारमा सामान्य सुधार आएको छ। सुधारतर्फ बढेको भनिए पनि यसअघि केही ठूला लगानीकर्ताकै वरपर घुमिरहने बजारमा अहिले पनि उही अवस्था देखिन थालेको छ। 

नयाँ सरकार गठन भएसँगै विश्वासको वातावरण देखिएको भनिएको सेयर बजारमा सुधारका बीच उतारचढाव भइरहेको देखिन्छ।

यो साताको पहिलो कारोबारमा सोमबार १३.७१ अंकले घटेर बजार २१६५.१० बिन्दुमा झरेको थियो। मंगलबार भने सामान्य सुधार देखिएको हो।

मंगलबार ८.१४ अं‌कले बढेर बजार २१७३.२४ बिन्दुमा पुगेको छ। १०९ कम्पनीको सेयर मूल्य बढेको बजारमा ३ अर्ब रुपैयाँको कारोबार भएको छ। 

केही ठूला लगानीकर्ताको चलखेल हो या बजारले नयाँ गति समात्ने बाटो देखाएको हो भन्ने यकिन आधार देखिँदैन। अहिलेको अवस्थामा अब सरकारले लिने नीतिपछि मात्रै विश्वासयोग्य सुधारको अपेक्षा गर्न सकिने विश्लेषकहरूको भनाइ छ।  


प्रकाशित : मंगलबार, माघ १० २०७९०९:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend