बुधबार, वैशाख २६ गते २०८१    
images
images

उतारचढाव भइरहेको सेयर बजारमा देखियो सामान्य सुधार, तीन अर्बको कारोबार

images
बिजनेस न्युज
images
images
उतारचढाव भइरहेको सेयर बजारमा देखियो सामान्य सुधार, तीन अर्बको कारोबार
images
images

काठमाडौं- गएको सातादेखि नै उतारचढावमा देखिएको सेयर बजारमा सामान्य सुधार आएको छ। सुधारतर्फ बढेको भनिए पनि यसअघि केही ठूला लगानीकर्ताकै वरपर घुमिरहने बजारमा अहिले पनि उही अवस्था देखिन थालेको छ। 

images
images
images

नयाँ सरकार गठन भएसँगै विश्वासको वातावरण देखिएको भनिएको सेयर बजारमा सुधारका बीच उतारचढाव भइरहेको देखिन्छ।

images

यो साताको पहिलो कारोबारमा सोमबार १३.७१ अंकले घटेर बजार २१६५.१० बिन्दुमा झरेको थियो। मंगलबार भने सामान्य सुधार देखिएको हो।

images

मंगलबार ८.१४ अं‌कले बढेर बजार २१७३.२४ बिन्दुमा पुगेको छ। १०९ कम्पनीको सेयर मूल्य बढेको बजारमा ३ अर्ब रुपैयाँको कारोबार भएको छ। 

images
images

केही ठूला लगानीकर्ताको चलखेल हो या बजारले नयाँ गति समात्ने बाटो देखाएको हो भन्ने यकिन आधार देखिँदैन। अहिलेको अवस्थामा अब सरकारले लिने नीतिपछि मात्रै विश्वासयोग्य सुधारको अपेक्षा गर्न सकिने विश्लेषकहरूको भनाइ छ।  

images

प्रकाशित : ०९:१८
प्रतिक्रिया दिनुहोस