काठमाडौं- मंगलबार नेपाली बजारमा सुनको मूल्य बढ्ला चाँदीको भने घटेको छ। सोमबारको तुलनामा सुनको मूल्य १ हजार रुपैयाँ बढ्दा चाँदीको मूल्य भने १५ रुपैयाँ घटेको हो।
सोमबार छापापाल सुुन प्रतितोला १ लाख ५ हजार ३ सय रुपैयाँ कारोबार भएको थियो। मंगलबारका लागि छापावाल सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढेर १ लाख ६ हजार ३ सय रुपैयाँ कायम भएको छ।
यता चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँ घटेको छ। मंगलबार लागि चाँदीको मूल्य १३ सय ६५ रुपैयाँ तोकिएको छ। सोमबार चाँदी प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।